Thursday, September 1, 2011

अमेरिकाले आतंकवादी सूचीमा पुनर्विचार गर्ने


मुख्य समाचार»

अमेरिकाले आतंकवादी सूचीमा पुनर्विचार गर्ने

    कान्तिपुर संवाददाता
    काठमाडौ, भाद्र १४ -
    अमेरिकाले नेपाली माओवादीलाई आतंकवादी सूचीबाट हटाउन सक्ने वासिङटनस्थित विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता भिक्टोरिया न्युल्यान्डका अनुसार माओवादीबाट केही सकारात्मक पहलकदमीको संकेत देखिनासाथ उसलाई ससर्त सूचीबाट हटाइनेछ ।

    माओवादी आतंककारीको सूचीमा रहे पनि नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईसँग निकट रहेर अमेरिकाले कार्यगत सहयोग गर्न सक्ने उनले बताइन् । 'तर काम गराइमा सकारात्मक संकेत देखिनु जरुरी छ,' उनले भनिन् । 

    No comments:

    Post a Comment