पार्टीमा विभाजन आउन सक्छ’
इटहरी, भाद्र २९ -
माओवादी सचिव सीपी गजुरेलले संस्थापन पक्षले आफूहरूविरुद्ध पेलेर जाने रणनीति नछाडे पार्टीमा विभाजन आउन सक्ने चेतावनी बिहीबार दिएका छन् ।
पूर्वका विभिन्न ठाउँमा वैद्य समूहले आयोजना गरेका भेलामा जाँदा संस्थापन पक्षका कार्यकर्ताले नाराबाजी गर्दै अवरोध पुर्याएपछि आक्रोशित गजुरेलले भने, 'संस्थापन पक्षको रबैया पेलेरै लाने भन्ने देखिए फुट्न सक्छ ।'
धरान जाने क्रममा इटहरीमा संस्थापन पक्षका कार्यकर्ताले कालो झन्डा देखाउँदै गजुरेलविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
गजुरेलले प्रधानमन्त्री भएपछि बाबुराम भट्टराईको विचार परिवर्तन हुँदै गएको आरोप पनि लगाए । 'धोबीघाटलगायतका बैठकहरूमा जसरी हामीबीच सहमति र सहकार्य गर्ने कुरा भएका थिए,' उनले भने 'ठीक त्यसविपरीत प्रधानमन्त्रीको रबैया देखिएको छ ।'
सुनसरी तरहरामा बिहीबार सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, 'भट्टराईका विचार र काम गराई देखेर हामी छक्क परेका छौं, उनमा पूर्वविचार एवं अडान क्रमशः परिवर्तन हुँदै गएको छ ।'
गजुरेलकै शब्दमा प्रधानमन्त्री भट्टराई माओवादीबाट पठाइएका तर काम भने अरू कसैका लागि गरिरहेका त छैनन् भन्ने प्रश्न उठ्न थालेको छ । आफ्नो समूहकै सहयोगमा प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले भने, 'जसले सहयोग गर्यो उसैले उठाएका सकारात्मक र पार्टी हितका कार्यविपरीत भट्टराई अघि बढ्न थाल्नुभएको छ ।'
जग्गा फिर्ताको विरोध
बुटवल- कब्जा सम्पत्ति
फिर्ता गर्न सरकारले जारी गरेको निर्देशनप्रति प्रधानमन्त्री सम्बद्ध पार्टीकै नेता-कार्यकर्ताले विरोध थालेका छन् ।
माओवादी निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद चापागाईंले सरकारले बल नै प्रयोग गरे पनि माओवादीले कब्जा गरेर भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको जग्गा कुनै पनि हालतमा फिर्ता हुन नदिने बताए ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भूमिहीन किसान र सुकुम्बासीहरूले कब्जा गरेको जग्गा कुनै हालतमा फिर्ता हुन नदिने दाबी गरे । 'उच्चस्तरीय भूमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु साटो क्रान्तिकारी पार्टी माओवादीकै प्रधानमन्त्रीले गरिब किसानलाई हटाउने कुरा गर्नु लाजमर्दो हो,' उनले भने, 'त्यस्ता दादागिरी देखाएर किसान डराउँदैनन् ।

उपाध्यक्ष चापागाईंले
माओवादीले बाँडेको जग्गामा आश्रति सुकुम्बासी र गरिब किसानहरूलाई हटाउन थाले जस्तोसुकै आन्दोलन गर्ने चेतावनी पनि दिए । महासंघका अनुसार देशभरका करिब ३० हजार हेक्टर माओवादीले कब्जा गरी भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको छ ।
उदयपुरमा पनि विरोध
प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाकार देवेन्द्र पौडेलले 'किसानको सम्पत्ति खोस्ने धम्की दिएको' भन्दै माओवादी उदयपुरले आपत्ति प्रकट गरेको छ ।
माओवादी जिल्ला सहइन्चार्ज अनिलले बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलको भनाईलाई चुनौती दिँदै जमिन खोस्नेविरुद्ध कडा प्रतिरोध गरिने जनाएका छन् ।
'गणतन्त्र स्थापनासम्म आइपुग्दा हरिबोल गजुरेल नेतृत्वको वैज्ञानिक भूमिसुधार प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा किसानको सम्पत्ति खोस्न प्रहरी प्रशासन लगाउने सरकारका सल्लाकारको जनविरोधी, किसानविरोधी भनाइको घोर भत्र्सना गर्दछौं' विज्ञप्तिमा छ । 'उदयपुर जिल्लामा तत्काल भूमिसुधार गरी भूमिहीन र गरिब किसानको अधिकार सुरक्षित गर्न हाम्रो पार्टी आह्वान गर्दछ ।'
KANTIPURNEWS.COM

No comments:
Post a Comment