हराएकी पर्यटक भेट्नेलाई २० लाख
काठमाडौं/ अपि्रल २०१० देखि नेपालमा हराइरहेकी अमेरिकी पर्यटक ओब्री क्यारोलिन स्याक्कोको परिवारले उनको बारे जानकारी दिने व्यक्तिलाई २० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ । स्याक्कोको खोजी पुनः सुरु गरिने जानकारी दिँदै परिवारले पुरस्कार घोषणा गरेको हो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान)द्वारा आयोजित पत्रकार सम्मेलनमा स्याक्कोका बाबु पल स्याक्कोले छोरी भेटिने आशा जीवित रहेको भन्दै खोजी कार्य जारी राखिने बताए । 'स्थानीयलाई स्याक्कोबारे केही थाहा छ तर उनीहरू भन्न चाहँदैनन्,' उनले भने । पलले नेपाल प्रहरी, सेना, टान, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा स्थानीय प्रशासनलाई थप खोजीमा सहयोग गर्न आग्रह गरे ।
२१ वषर्ीया स्याक्को अपि्रल २०१० मा लाङटाङ राष्ट्रिय निकुञ्जमा दर्ता भएदेखि नै सम्पर्कमा छैनन् । स्थानीयका अनुसार उनी ३० अपि्रलमा लामा होटल नजिकै देखिएकी थिइन् ।
'मेरो अन्तर्मनले भन्छ । उनी कहीँ छिन् र केही समस्यामा छिन्,' बाबु पलले भने । पत्रकार सम्मेलनमा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिले स्याक्कोको परिवारले चाहेसम्म उनका खोजी जारी राखिने बताए । NAYA PATRIKA


No comments:
Post a Comment