Wednesday, August 31, 2011

सरकारमा आउन दलहरूलाई आह्वान


सरकारमा आउन दलहरूलाई आह्वान

Font size: Decrease font Enlarge font
image
शपथपछि एक घन्टासम्म उभिएर प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री गच्छदारले बधाई थापे

दलका नेताहरूसँगैको कुर्सीमा बसेका डा. भट्टराईका बाबु भोजराज छोरालाई आर्शीवाद दिएपछि छोरासँगै बसे
शपथपछि प्रधानमन्त्री स्वदेशमै बनेको मुस्ताङ गाडी चढेर राष्ट्रपति निवासबाट बाहिरिए, तर उनकी धर्मपत्नी गाडीमा थिइनन् 
प्रधानमन्त्रीको शपथ लिएपछि सहिदगेट र सहिद स्मारक जाने परम्परा तोड्दै डा. भट्टराई पुष्पलाल पार्क चम्पादेवी पुगे
मन्त्रिपरिषद्को पहिलो बैठकमा जनआन्दोलन, जनयुद्ध, मधेस तथा पिछडावर्गका आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सम्मान गर्ने निर्णय
नयाँ पत्रिका

काठमाडौं,   
डा. बाबुराम भट्टराईले शपथ लिएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सरकारमा आउन आह्वान गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलहरूको सहमतिविना शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न नसकिने र संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने विषयलाई सरकारले आत्मसात् गरेको जनाएको छ । 
बैठकले खनाल नेतृत्वको सरकारले प्रस्ताव गरेअनुसार संविधानसभाको म्याद तीन महिना थप्ने निण्र्ायलाई निरन्तरता दिने निर्णय गरेको गच्छदारले जानकारी दिए । जनआन्दोलन, जनयुद्ध, मधेस तथा पिछडावर्गका आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जलीअर्पण गर्दै घाइतेको सम्मान गर्ने निण्र्ाय गरेको छ । 
त्यसअघि माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सिंहदरबारमा बिहान भएको बैठकले मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान तथा गृहमन्त्री दिने निर्णय गरेको थियो । बैठकले मंगलबारसम्ममा सहमति गरेर सरकारलाई छिटो विस्तार गर्ने पनि माओवादी र मोर्चाबीच सहमति भएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले नयाँ प्रधानमन्त्री भट्टराईलाई शपथ गराएका हुन् ।
माओवादी उपाध्यक्षसमेत रहेका डा. भट्टराई प्रधानमन्त्रीको शपथ लिन १ बजे राष्ट्रपति भवन पुगेका थिए । उनी भादगाउँले टोपी, कोट, सर्ट र पाइन्ट लगाएर शपथका लागि पुगेका थिए । राष्ट्रपति यादव १ बजे र ६ मिनटमा समारोह स्थल आइपुगेका थिए । 
नेपाली सेनाको टुकडीको सलामीपछि राष्ट्रपति यादवले प्रधानमन्त्री भट्टराईलाई १ बजेर १३ मिनेटमा शपथ गराएका थिए । शपथलगत्तै राष्ट्रपति यादवले नवनिर्वाचित प्रधानमन्त्री भट्टराईलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएका थिए । उनले उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र प्रधानन्यायाधीशलाई नवनिर्वाचित प्रधानमन्त्रीसँग औपचारिक रूपमा परिचय गराएका थिए । त्यसलगतै प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको समेत उपस्थितिमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ गराएका थिए । 
शपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेलका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित थिए । तर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता केपी ओली भने शपथग्रहणमा सहभागी थिएनन् । 
त्यस्तै, संवैधानिक अंगका प्रमुखहरू, प्रधानसेनापतिका साथै सुरक्षा निकायका प्रमुखहरू र उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र प्रधानसेनापतिले प्रधानमन्त्रीलाई बधाई दिएका थिए । संवैधानिक निकायका प्रमुखहरूले बधाईपछि कूटनीतिक नियोगका प्रमुखहरूले उनलाई बधाई दिएका थिए । त्यसपछि राजनीतिक दलका नेताहरूका साथै राष्ट्रपति भवनमा उपस्थित विभिन्न व्यक्तिले बधाई तथा शुभकामना दिएका थिए । 
छोरालाई बधाई दिन प्रधानमन्त्री भट्टराईका पिता भोजराज पनि राष्ट्रपति भवन पुगेका थिए । राजनीतिक दलका नेताहरूसँगैको कुर्सीमा बसेका भोजराज छोरालाई बधाई तथा आर्शीवाद दिएपछि सँगै बसेका थिए । 
एक घन्टासम्म उभिएर प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री गच्छदारले बधाई थापेका थिए । सबैसँगको बधाई साटासाटपछि राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री भट्टराई २ बजेर २७ मिनेटमा राष्ट्रपति कार्यालयबाट बाहिरिएका थिए । धर्मपत्नी हिसिला यमी राष्ट्रपति कार्यालयमा उपस्थित भए पनि डा. भट्टराई गाडीमा एक्लै र्फकेका थिए । तर, विगतका अन्य प्रधानमन्त्रीले भने शपथ लिएपछि धर्मपत्नीका साथ राष्ट्रपति कार्यालयबाट बाहिरिने गरेका थिए । शपथपछि प्रधानमन्त्री भट्टराईले कीर्तिपुरस्थित पुष्पलालको सालिकमा माल्यार्पण्ा गरेका थिए । शपथ खाएपछि प्रधानमन्त्रीहरू सहिदगेट पुग्ने गरेका थिए भने तीन वर्षअघि प्रधानमन्त्री हुँदा प्रचण्ड पनि लैनचौरस्थित सहिदपार्क गएका थिए । 
चम्पादेवीबाट फर्केर पदबहाली गर्न प्रधानमन्त्री कार्यालय पुगेका डा. भट्टराईलाई मुख्य-सचिव माधव घिमिरेले स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रधानमन्त्री डा. भट्टराईले शान्ति र संविधान नै आफ्नो मुख्य प्राथमिकता भएको बताए । उनले जनतालाई राहत प्रदान गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
प्रधानमन्त्री स्वदेशी गाडीमा 
नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शपथग्रहण गरेलगत्तै नेपालमा बनेको 'मुस्ताङ' गाडी प्रयोग गरेका छन् । शपथ लिएपछि राष्ट्रपति कार्यालयपरिसरबाट उनी मुस्ताङ म्याक्स गाडी चढेर फर्केका थिए । राष्ट्रपति यादवबाट शपथ गरेपछि नवनिर्वाचित प्रधानमन्त्री भट्टराई बा१झ ९३६० मुस्ताङ जिपमा चढेर बहालीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । 
उनले चढेको मुस्ताङ म्याक्स गाडीको मूल्य करिब १८ लाख पर्दछ । सुविधाअनुसार मुस्ताङ गाडीको मूल्य १४ लाखदेखि २० लाखसम्म पर्दछ ।
प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएपछि भट्टराईले आइतबार नै नेपालमै बनेको 'मुस्ताङ जिप' चढ्ने बताएका थिए । उनको इच्छाअनुसार नै सो गाडी हिजो नै सिंहदरबार ल्याइएको थियो । प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएदेखि नै डा. भट्टराईले सो गाडीका विषयमा जानकारी लिनुका साथै गाडी चढेर उनले परीक्षणसमेत गरेको स्रोतको दाबी छ । 
नेपाली उत्पादन वृद्धि गर्न सहयोग पुगोस् भनेर आफूले मुस्ताङ गाडी चढेको प्रधानमन्त्रीले बताए । 'नेपाली उत्पादन वृद्धि गर्न सांकेतिक रूपमा प्रयोग गरेको हुँ,' शपथपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री डा. भट्टराईले भने । 

मुस्ताङ म्याक्स गाडी निर्माता समूहका दिवाकर गोल्छाले प्रधानमन्त्रीले नेपाली गाडी प्रयोग गर्दा नेपालको औधोगीकरणमा सहयोग पुग्ने बताए । 'नेपाली उत्पानदलाई प्रवर्द्धन गर्ने अवसर हो, यसले नेपाली उत्पादन र नेपालको औधोगीकरणमा ठूलो सन्देश जान्छ भन्ने विश्वास लिएका छौँ, यो नेपालका लागि सौभाग्यको कुरा भन्नुपर्छ,' शपथग्रहण समारोहमा शीतलनिवास पुगेका उनले भने । मुस्ताङ गाडी विराटनगरस्थित हुलास मोटर्स कम्पनीले उत्पादन गर्दै आएको छ । 
विराटनगरमा डेढ दशकदेखि गाडी उत्पादन गर्दै आएको सो कम्पनीले प्रधानमन्त्रीले आफ्नो उत्पादनको गाडी चढ्ने भएपछि त्यसलाई थप सुविधासम्पन्नका साथै त्यसको फिनिसिङमा पनि परिवर्तन गर्ने तयारी गरेको छ । छिट्टै सो कम्पनीले नयाँ ढाँचाको गाडी प्रधानमन्त्री भट्टराईलाई दिने तयारी गरेको छ । २५४० सिसीको डिजेल इन्जिन रहेको सो गाडी नेपालका सबैजसो भूभागका लागि उपयोगी मानिन्छ । मुस्ताङ म्याक्स हुलास मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन हो ।

नया पत्रिका.कम

Tuesday, August 30, 2011

विद्यालय बन्द


मालिङमा भाईरल ज्वरोका कारण विद्यालय बन्द

आश 
लमजुङ, भदौ १२ गते । विद्यार्थी र शिक्षकहरु विरामी परेपछि लमजुङको मालिङस्थित शारदा माध्यमिक विद्यालय सोमवारदेखि बन्द भएको छ । विद्यालयका झण्डै २ सय र अधिकांश शिक्षकहरु भाइरल ज्वरो, निमोनिया र झाडापखलाले थलिएपछि ५ दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत ७५ प्रतिशत विद्यार्थी र अधिकांश शिक्षकमा ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पखला लाग्ने लगायत समस्या देखिएपछि विद्यालय ब्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ र सरोकारवालाहरुको संयुक्त बैठकले विद्यालय बन्द गर्ने निर्ण्र्ाागरिएको विद्यालयका प्रधानाध्यापक रघुनाथ गुरुङले जानकारी दिए । 

'विरामी परेपछि केही दिनअघि म वेसीशहर झरेँ', प्रधानाध्यपक गुरुङले भने, 'म अहिलेसम्म निको हुन सकेको छैन ।' गाउँमा प्रायः सवै विरामी परेकाले कुनैकुनै घरमा खान पकाउने र पानी भर्ने मानिस समेत नपाएको गुरुङको भनाई छ । खाना पकाउने र पानी भर्ने मान्छे समेत नपाएपछि स्थानीयवासिन्दा थप पीडामा परेकाछन् । 

एक सातादेखि गाउँमा फैलिएको भाइरल ज्वरो लगायतको रोगले गाउँका झण्डै ३ सय जना विरामी परेका स्थानीयवासिन्दाले बताएकाछन् । गाउँमा रहेको उप-स्वास्थ्य चौकीका प्रमुख रीता तिवारी लगायत स्वास्थ्यकर्मी पनि भईरल ज्वरोले थलिएकाछन् । 

उपस्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सोमवार जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङवाट गएका स्वास्थ्यकर्मीको टोली मालिङ पुगेकाछन् । जनस्वास्थ्य निरीक्षक त्रिलोकचन्द्र गुरुङको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीको टोलीमा हेल्थ असिस्टेन्ट झलकराज पौडेल र अन्य एकजना सदस्य पनि छन् । 

लमजुङ सदरमुकाम वेसीशहरवाट कपुरगाउँ सम्मको मोटरवाटोसमेत गरि ३ घण्टामा मालिङ पुग्न सकिन्छ । बर्खायामको समय यातायातका साधन नचल्ने भएकाले मालिङ पुग्न ४ घण्टा लाग्छ । सोमवार विहानै हिँडेका स्वास्थ्यकर्मीको टोलीले दिउँसो मालिङको पुगेर विरामीको उचपार गर्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । इलम जंग 

लै बाहिरिए ऊर्जामन्त्री बिष्ट

    (13 Votes)
    Bookmark and Share Bookmark
    गोकर्ण अवस्थी
    काठमाडौं,कान्तिपुर डेली
    ऊर्जा मन्त्रालयबाट विदाइ भएपछि निवर्तमान जलस्रोत मन्त्री गोकर्ण बिष्ट भवनबाट बाहिरिएर सरासर गेटतिर लागे । कर्मचारी, सुरक्षा गार्ड र उनका सवारी चालक समेत अलमलमा परे । मन्त्री पद नरहेपछि गाडी नै छाडेर हिडेका उनी पहिलो मन्त्री थिए । कर्मचारी झ्यालबाट नियालिरहेका थिए भने सिंहदरबारभित्रका बटुवा पनि चर्चित मन्त्री हिडिंरहेको देखेर फर्कीफर्की हेरिरहेका थिए । 
    उनी सामान्य नागरिक सरह पैदलै जाने पूर्व जानकारी उनले सचिव बालानन्द पौडेललाई दिएका थिए । 'उहाले ढिलोचाँडो गाडी छाड्नैपर्ने हुँदा चाहिंदैन भन्नुभयो, मैले पनि कर गरिन,' पौडेलले कान्तिपुरसित भने । 
    मन्त्री नियुक्त भएकै दिन आक्रमणमा परेका मन्त्री बिष्ट यसरी गाडी र सुरक्षाकर्मी नै छोडेर हिंडेको देखेर कर्मचारी मुखामुख गरिरहेका थिए । मन्त्रीबाट बाहिरिएको १५ दिनसम्म सरकारी गाडी चढ्न पाउने मुख्यसचिव माधव घिमिरेले समेत उनलाई बताएपनि उनी पैदलै बाहिरिएका थिए । आक्रामणबाट हातको एक औला संवेदनहीन भएपनि सुरक्ष्ााकर्मी र गाडी नलिइ उनी बाहिरिए । 'आखिर अब म एक सामान्य राजनीतिक सामाजिक कार्यकर्ता हु,' मन्त्री बिष्टले भने, 'त्यसैले मैले गाडि पनि लिइन सुरक्षा पनि मागिन ।'
    विदाइ कार्यक्रमपछि सिंहदरबार गेट बाहिरबाट ट्याक्सी लिएर प्रधानमन्त्री बाबुराम भट्टराईको सपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति निवास गएका थिए ।
    सचिव पौडेल र मन्त्री बिष्ट दुवैले चमेलिया आयोजनाको गाडी छाडी सस्तो गाडि चढ्दै आएका थिए । मन्त्रालयका पदाधिकारीले आयोजनाको सम्पत्ति दुरुपयोग गरेको आरोप लाग्न थालेपछि यी दुइ नेतृत्वकर्ताले उक्त निर्णय गरेका थिए । बिष्टले चढदै आएको भारतीय गाडी स्कर्पियो प्रधानमन्त्री कार्यालयले झिकाएको छ । 
    विद्युत प्राधिकरणको अध्यक्ष पद छाडेर खुला प्रतिष्पर्धाबाट प्रमुख नियुक्त गर्नुका साथै चुहावट नियन्त्रण गर्न अभियान थालेका बिष्ट झलनाथ खनाल मन्त्री मण्डलका सबैभन्दा चर्चित मन्त्री बने । 'खोलामा झोला' राख्ने प्रवृत्ति अन्त्य गर्ने कार्यविधि ल्याएका उनलाई सचिव पौडेल निक्कै तिव्र गतिमा काम गर्न सक्ने इमान्दार व्यक्ति भएको वताउछन । 'हामीले यो ३ महिनामा यति तिव्र गतिमा काम गर्यौ कि समय वितेको पत्तै भएन,' उनले भने, 'उनी आपmनो लक्ष्यप्रति प्रष्ट इमान्दार व्यक्ति भएको पाए ।'
    मन्त्री बिष्टले जादाजादै पश्चिम सेतीमा चिनिया लगानीलाई सुनिश्चित बनाएको वताए । चीनको एक्जिम बैंकबाट अधिकांश रकम सहुलियत ऋणका रुपमा लिनेबारे सहमति भइसकेको वताउदै सम्झौतापत्रमा हस्ताक्षर गर्न बाकि रहेको उनले वताए । 'अब एमओयु मात्रै बाकि छ,' उनले भने ।
    यसका लागि चीनले १ अर्ब ६० करोड अमेरिकी डलर - करिब १ खर्ब १५ अर्ब रुपैया) ऋण दिनेछ । यस आयोजनाबाट उत्पादित बिजुली स्वदेशमै खपत गर्ने र पावर ट्रेडिग कम्पनी (पिटिसी) बनेपछि भारत बेच्ने योजना उनको थियो । 'सुदुरपश्चिमको औद्योगिकरण गर्न पनि उक्त बिजुली उपयोग गर्न सकिन्छ,' उनले भने ।
    उनको पालामा पिटिसीको प्रक्रिया अगाडि बढेको छ भने वैदेशिक ऋण र अन्य जलविद्यूत क्षेत्रको लगानी व्यवस्थित विद्युत बिकास कम्पनी स्थापना भइसकेको छ । अब बिष्टले पार्टिले दिने जिम्मेवारीसंगै सामाजिक जागरणमा लाग्ने वताएका छन ।  

    शुभ- कामना

    हिन्दु नारीरुको माहान चाड हरितालीका तिज तथा मुस्लिम धर्मालम्बिहरुको महान पर्ब ईदको सु.खद उपलक्ष्यमा मेरो तर्फबाटमेरा सम्पुर्णसाथीहरुलाईहार्दिकमंगलमय
    शुभ- कामना ब्यक्त गर्दछु
    केशव कुवंर
    सारजाह यू ए ई/इस्मा ९ गुल्मी 

    Monday, August 29, 2011

    सार्वजनिक स्थानमा सुर्ती चुरोट खानेहरु होसियार


    सार्वजनिक स्थानमा सुर्ती चुरोट खानेहरु होसियार

    Posted By Admin on Monday, August 29, 2011 | 9:19:00 PM

     0 120Share17
    गगनशिला खड्का  
    कतै चुरोट पिउँदै हुनुहुन्छ ? कोहि कसैको वास्ता नगरी सुर्ती खाएर थुक्दै हुनुहुन्छ भने अब तपाईलाई सबैले खबरदारी गर्नैछन । यस्तै अरुको स्वास्थ्यको ख्याल नगरी सुर्तीजन्य पदार्थको प्रयोग गर्ने ब्याक्तिहरुका लागी गुल्मी जिल्लाका सरोकारवाला निकायहरुले सोमबार सचेतना मुलक ¥याली निकालेर खवरदारी गरेका छन । गत साउन २२ गते सरकारले घोषणा गरेको सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई कार्यान्वय गराउन गुल्मीमा सचेतना मुलक ¥याली निकालेर खवरदारी गरिएको हो । प्रायः राम्रा काम गर्नका लागी एकजुट भएर अगाडी नबढ्ने सरोकारवालाहरु यस पटक भने हातमा हात मिलाउदै सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागी परेका छन । 
    रेसुङ्गा सामुदायिक सेवा समाजको अगुवाईमा निकालिएको सचेतनामुलक ¥यालीमा गुल्मी जिल्लामा क्रियाशिल मानबअधिकारबादी संघसंस्थाहरु महिला मानबअधिकार रक्षक सञ्जाल,नेृपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मी,परिकल्पना पहल,इन्सेक,नेपाल क्षयरोग निवारण सस्था, हट फाउण्डेसन लगाएतका संघसंस्थाहरुले सदरमुकाम तम्घासमा ¥याली निकालेका हुन । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन पालना गरौ,जनताको स्वस्थ्व रहन पाउने अधिकार सुनिश्चित गरौ भन्ने नारासहित व्यानर बोकेको ¥यालीले बजारमा पर्चा,पम्पेलटका सामग्रीहरु पनि वितरण गरेको छ । 
    जिल्ला प्रशासन कार्यलय अगाडीबाट शुरु भएको ¥यालीमा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले चुरोट र सुर्ती सेवनकै कारण नेपालमा बर्षैनी धेरै ब्याक्तिहरुले ज्यान गुमाईरहेको बताउदै यसको नियन्त्रणमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । उनले स्वस्थ्व रहन पाउनु जनताको नैसर्गिक अधिकार भएकोले यसको लागी सरकारले साथ दिएकोमा खुशी ब्याक्त गरे । ¥यालीमा  सहभागी महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका सचिब तथा नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य गगनशिला खड्काले गुल्मी जिल्लामा यस्तो खालको जनचेतनामुलक कार्यक्रम पहिलेनै गर्न खाजेको भएपनि विविध कारणले नसकिएको अव भने अभियानकै रुपमा शुरु गरिएको बताईन । 
    विगत ६ वर्षदेखी गुल्मी जिल्लामा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा काम गरिरहेको संस्था स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल गुल्मीका संयोजक नरेश भण्डारीले पहिले र अहिलेमा धेरै परिवर्तन भएको बताए । उनले संस्थाले यस क्षेत्रमा धेरै लामो समयदेखी काम गर्न शुरु गरेको भएपनि कानुन नभएका कारण सफल हुन नसकिएको बताए । सरकारले अहिले यो ऐन ल्याउनु जनताको आन्दोलनको उपलब्धी भएको बताउदै भण्डारीले नियन्त्रण मात्र होईन निषेधनै गर्नुपर्ने बताए । उनले भने “सरकारले नियन्त्रण गर्ने मात्र ऐन ल्याएको छ तर यतिमात्रैले पुग्दैन निषेधको कानुन बनाउन पर्छ ।” यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जिल्ला प्रहरी कार्यलयको तर्फबाट सक्दो सहयोग गर्नै प्रतिबद्धता ब्याक्त गरे । 
    उनले कानुनलाई प्रभाबकारी रुपमा कार्यान्यन गराउनका लागी सकेको पहल गर्नै बताए । उनले भने“यस विषयमा प्रहरी गम्भीर रुपमा अगाडी बढेको छ अगामी दिनमा पनि यसलाई अझ बलियो बनाएर लैजान्छौ । ”बैदवारले यदि कसैले सार्बजनिक स्थलमा चुरोट,सुर्ती सेवन गरेर कसैको स्वास्थ्यमा गम्भीर असर परेको उजुरी गर्छ भने त्यसलाई कानुन अनुसार कार्वाही गर्ने बताए । उनले भने“सरकारले ऐन ल्याईसकेको छ त्यसको कार्यान्यन गर्ने सन्र्दभमा प्रहरीबाट कुनै कन्जुस्याईँ हुदैन । GULMI NEWS.COM

    मुस्ताङ' चढे प्रधानमन्त्री

    mustang
    'मुस्ताङ' चढे प्रधानमन्त्री
    प्रधानमन्त्री बाबुराम भट्टराई सोमबार राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि र्फकने बेला नेपालमै निर्मित ँमुस्ताङ’ गाडी चढ्न लाग्दै ।
    फोटो: किरण पाण्डे/कान्तिपुर

    Sunday, August 28, 2011

    बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित

    बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित

    नवनिर्वाचित प्रधानमन्त्री भट्टराई
    भट्टराईलाई प्रतिपक्ष र पार्टीबाटै चुनौती आउन सक्ने आशंका गरिन्छ
    एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएका छन्।
    दोश्रो ठूलो दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडैललाई पराजित गर्दै उनी प्रधानमन्त्री बनेका हुन्।
    भट्टराईलाई प्रधानमन्त्री बनाउन तराई केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन निर्णायक रह्‍यो।
    शान्ति र संविधानलाई पूर्णता दिने दुई मुख्य जिम्मेवारीप्रति प्रतिवद्ध भइ लाग्ने छु
    बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री
    गठबन्धन बनाउन ती दुबै पक्षबीच चार बुँदे सहमति भएको थियो।
    लक्ष्य
    मतदानको नतीजा घोषणा गर्दै सभामुख सुवास नेम्वाङले भने, "संविधानसभाको कायम संख्याको बहुमत प्राप्त गरेकाले माननीय बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्दछु।"
    गणतन्त्र स्थापना भएको तीन वर्ष यताका भट्टराई चौथो प्रधानमन्त्री हुन्।
    प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिकृया दिँदै उनले भने, "शान्ति र संविधानलाई पूर्णता दिने दुई मुख्य जिम्मेवारीप्रति प्रतिबद्ध भइ लाग्ने छु।"

    कांग्रेस नेता रामचन्द्र पौडेल
    पौडेलले चुनावलाई मैत्रीपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको रुपमा टिप्पणी गरे

    रचनात्मक

    प्रतिद्वन्द्वी कांग्रेस नेता रामचन्द्र पौडेलले २३५ भोट पाएका थिए।
    उनले चुनावलाई मैत्रिपूर्ण र लोकतान्त्रिक प्रकृयाको रुपमा टिप्पणी गर्दै भट्टराईलाई शुभकामना दिए।
    उनले भने, "हामीले शान्ति र संविधानमा सघाउने र संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौं।"
    कांग्रेसलाई साथ दिएको एमाले पनि प्रतिपक्षमै रहने छ।
    हामीले शान्ति र संविधानमा सघाउने र संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौं
    रामचन्द्र पौडेल, प्रधानमन्त्रीका पराजित उम्मेदवार तथा कांग्रेस नेता
    उक्त दलका नेता माधवकुमार नेपालले माओवादीले घोषणा गरे अनुसार शान्ति प्रकृया पुरा गर्नेमा अविश्वास रहेको बताउँदै भने, "तै पनि माओवादीलाई हामीले शंकाको लाभ दिएका छौं।"

    चुनौती

    पार्टीभित्र सधैं अल्पमतमा रहेका भट्टराईले केही गर्छन कि भन्ने धेरैले आशा गरेको पाइन्छ।



    बि बि सी नेपाली