कुवेतमा पैसा होईन छोरा-छोरी कमाए
-
बिदेशमै गएर भए पनि धन कमाई आफु र आफ्नो परिवारको सुखी जीवन र उज्वल भबिश्यको सपना बोकी खाडी मुलुक कुवेत प्रबेश गर्ने प्राय:महिलाहरुको वास्तविक जीवन धेरै कष्टकर रहेने र शाररिक शोषणमा पर्ने सामान्य जस्तै भएता पनि यौन शोषणमा परी कुमारी आमा बन्नु पर्नेहरुको बास्तबिकता भने अत्यान्तै कारुणिक र हृदय बिदारक छन् । अनगिन्ती सपना मनमा बोकेर कुवेतको मरुभुमीमा आएकी गुल्मी रिमुवाकी सानु कार्की दुई दिन पहिला स्वदेश फर्किएकी छिन । तर उनले कुवेतबाट धन लैजान सकिनन् । लगिन त केबल आफ्नो फेरिएको परिचय र तिन महिनाको गर्भे बच्चा ।
करिब १५ महिना पहिला दिल्ली हुदै कुबेत आएकी सानु कार्कीको पेटमा बच्चा चल्न थालेपछि दूताबासको शरणमा पुगेकी थिईन । कमजोरी, चतु-याई अथवा बिडम्बना भनौं उनले आफ्नै पेटमा पालेको बच्चाको बाबु को हो भनी किटान गर्न सकिनन् । दूताबासका कार्मचारीले सोधपुछ गर्दा मालिकको घरमा चार-पाँच जना पुरुष थिए । बिहान सुतेर उठदा भित्री कपडा चिसो हुन्थ्यो, मैले केही थाहा पाईन भन्दै यथार्थ लुकाउन खोजेको अथवा एक भन्दा बढी पुरुषहरुको शिकार बन्न परेको वा कुनै औषधीले लठ्याई दैनिक रुपमा जवानी लुटिएको हो कसैको डर-त्रासमा खुलस्त पार्न सकिनन् । किन, कसरी र कसको गर्भे बच्चा लिएर नेपाल फर्कन वाध्य भईन त ?
त्यस्तै दुई बर्ष पहिला कुवेतबाट फर्केकी पोखराकी रूपवती गुरुङको घटना कल्पना पनि गर्न नसकिने छ । तिब्बती कस्मिरी मूलको पुरुषसंग अवैध यौन सम्पर्कबाट सन्तान जन्माएका कारण १८ महिना जेलमा बिताइ नेपाल फर्किइन् रुपवती । कुमारी केटीले काखमा तीनवर्षे छोरोलाई लिएर काठमाडौँ उत्रिय पश्चात अलपत्र भएकी थिइन । बालाजु स्थित होटेलमा शरण लिन पुगेकी रूपवतीको कन्तबिजोग बारे सञ्चारमाध्यममा खबर आएपछि विदेशमा बिचल्लीमा परेर फर्केका महिलाको हकहितका लागि खुलेको पौरखी नेपाल संस्था सहितको सहयोगमा उनको उद्धार भएको थियो ।
यता आफ्नै मालिकबाट बलत्कार भएको दाबी गर्ने चितवनकी सिता सापकोटाकी छोरी दश बर्ष पुगिसकेकी छिन् । सापकोटाका आमा छोरी न्याय पाउनको लागि संघर्ष गरिराखेका छन् । कुवेतमा एम्नेस्टी खुलेको बेलामा सिता दुबिधामा देखिन्थिन । उनी भन्थिन - "म छोरी लिएर नेपाल जान मिलेपनि कहाँ र कसरी जाउ ? म एउटी अविवाहित नारीले दश बर्षको छोरी लिएर जाँदा छर-छिमेकीले के भन्लान ? आमा, बाबु र भाईहरुको इज्जतको के होला ? अनी छोडेर जानु त कहाँ अनी को संग ? अन्तत उनी छोरी कुवेतमै छोडेर नेपाल फर्किन ।
सानु, रुपबती र सिता त उदाहरण मात्रै हुन् । कुवेत सरकारले हालैमात्र खोलेको एम्नेस्टिमा आधा दर्जन नेपाली चेलीहरुले छोरा-छोरी काखी च्यापेर स्वदेश फर्किएका छन् । कुवेतमा नेपाली दूताबासको दैलोमा बच्चा जन्माउने देखि नेपाल र नेपालीको स्वाभिमानमा दाग लाग्ने गरी दूताबासको शरणमा पुगेकी महिलाले बच्चा जन्माएर सात तला माथिको झ्यालबाट फालेर हत्या गर्ने सम्मका तितो यथार्थता अझै ताजा छन् । त्यस्तै कुवेतको सवा-सालीम स्थित कुवेती साहुको घरमा कामगर्ने नेपाली महिलाले बच्चा जन्माएर फोहोर फाल्ने डिब्बामा फालेकी थिइन । कहानी यत्तिमै सकिन्न..! नेपाली महिलाहरुले अबैध यौन सम्पर्क राखी जन्मेको बच्चा बेचेको र ब्यबारिसे रहेको अवस्था पनि छ ।
कतिपय महिलाहरु नाटकिय प्रेमको कमजोर धरातलमा फक्रिएको सम्बन्ध र त्यसैको परिणामको रूपमा उनीहरूले खेप्नुपरेको समस्याबाट पीडित छन भने कतिपय आफ्नै मालिक र उनका परिवार वा आफन्तबाट बलत्कृत र यौन शोषित भए पछी कुमारी आमा बनेका हुन । जसले कुमारी आमा बनेपछिको सामाजिक सास्ती र ब्यक्तित्वमा दाग खेपिरहेका छन् । कतिले आँखाभरी आँसु बगाइ जीवन काटिरहेका छन भने कतिले आफ्नो जीवनलाई बेकार बनाउनेलाई सराप्दै आँफैलाई धिकार्दै छन । प्रेम पछिको गर्भाधारण र त्यसपछि प्रेमीले छोडेर भोग्ने अथवा कुनै रावणको सिकार बन्न पुगेर आमा बनेका घटनाका धेरै पीडितहरूले सामाजिक तिरस्कार, घृणा र अपहेलना त सहनु परेकै छ, ति मध्ये धेरै मानसिकताले नै कमजोर भएका पनि छन् । कहिलेकाहीँ त आत्महत्या सम्मका घटना पनि हुने गरेका छन्, जसको उदाहरण कुवेतमा गत बर्ष १४ नेपाली महिलाले आत्म हत्या गरेको लाई लिन सकिन्छ । जानकारहरुका अनुसार, सामाजिक तिरस्कार खेप्न नसकेर तिनले आत्महत्या गरेका हुनसक्छन । बचेकाहरुले पनि मानसिक तनाब झेल्दैछन । हाम्रो समाजमा बलत्कारमा पर्ने महिलाहरुलाई पनि अपराधी सम्झेर अपराधी कै ब्यबहार गरिन्छ । उनिहरुलाई निर्दोश हुँदा-हुँदै पनि कुमारी आमाको बिल्ला लगाएर बाँच्न वाध्य बनाईन्छ ।
खाडी मुलुकमा नेपाली महिलाहरु अशुरक्षित त छन नै । अब्राहम लिङनले अमेरिकाबाट मानव दासताको अन्त्य गरेको निकै लामो समय भएपनि खाडी मुलकुमा यी यावत समस्याहरुमा टेवा दिने काम अझै बाँकी नै छ । त्यसैले घरेलु नोकरानीको काममा आउनु अगाडि राम्रो सँग बुझ्नु पर्छ अनी मात्रै आउनु पर्छ । यि सबै हुँदाहुँदै पनि हजारौं नेपाली महिलाहरु नोकरानीको कामका लागि विदेशिन बाध्य भएका छन् । दिनरात बिदेशी या बिदेशमा रहेका स्वदेशीबाट समेत बलात्कृत भएका छनि । आत्महत्या गरेका छन । कुटिएका छन र बाध्यताबस काम गर्ने ठाउबाट खाली खुट्टा भागेका छन । कुवेतमा यस्ता पिंडा खेप्नेहरु धेरै भेटिन्छन् ।
यतीबेला देश परिवर्तनको संघारमा छ । नयाँ संबिधान र यस अवधिमा बन्ने नयाँ सरकारले खाडीमा रोजगारी गर्ने आम नेपालीहरुको पक्षमा वकालत गर्नु पर्छ । वैदेशिक रोजगारका खातिर विदेसिने आम नेपालीसंग प्रत्यक्ष सरोकार राख्ने विषयहरु माथि वैदेशिक रोजगारका नीति नियमहरु तर्जुमा हुनुपर्छ । बिशेष गरी वैदेशिक रोजगारमा जाने महिलाहरुको लागि सुरक्षाको ग्यारेन्टीका लागि नयाँ निती नियम बनाउन जरुरी छ । बिदेशिने महिला कामदारहरुलाई बिदेशिनु पूर्वनै तालिमहरु दिएर आपत बिपतसंग जुध्न सक्ने बनाउनु जरुरी छ । सम्बन्धित देश, एजेन्ट वा म्यानपावरहरुलाई सहज बनाउने र एउटा नीतिनियम भित्र बाँधेर रोजगारीका अवसरहरुलाई प्रोत्साहान गर्ने ठूलो दायित्व सरकारको काँधमा छ । रेमिटेन्स भित्र्याएर देशको अर्थ तन्त्र जोगाउने बैदेशिक नेपाली कामदारहरु र बिशेष गरी महिला कामदारहरुको सुरक्षाप्रति सरकारले बेलैमा चासो नदेखाउने हो भने कुमारी आमाबाट जेन्मेका छोरा-छोरी र बिदेशिएका महिलाहरुको लास स्वदेश भित्रिने क्रम तिब्र रुप बढिरहने छ । यस तर्फ सरोकारवाल सबैले समयमै सोच्नु पर्ने देखिन्छ । NEPALIISRAEL.NET

No comments:
Post a Comment