Friday, September 2, 2011

कुकुरहरुका लागि वासिङ मेसिन


कुकुरहरुका लागि वासिङ मेसिन
   

जापानमा पछिल्लो समयमा आर्थिक सङ्कट बढेपछि त्यहाँका जनावरप्रेमीहरु पैसा जोगाउन नयाँ काम थालेका छन् । उनीहरुले पालेका जनावरहरु, खरायो, कुकुर, बिरालालाई उनीहरुले विशेष गरी तयार पारिएको एउटा वासिङ मेसिनमा तिनलाई नुहाइदिन थालेका छन् ।

यो वासिङ मेसिन अहिले सुपरमार्केटमा राखिएको छ र त्यहाँ लगिने हरेक घरपालुवाहरुलाई साढे ३ पाउण्डमा नुहाइदिने र तिनलाई सुकाउने काम गरिन्छ । जोयफुल होन्डा नामक सुपरमार्केटमा राखिएको यो वासिङ मेसिनको लोकप्रियता दिनदिनै बढिरहेको समाचारमा जनाइएको छ । सामान्यतयाः जनावरहरुको पार्लरमा कुकुर वा बिरालालाई नुहाइ-धुवाई गरिदिएको खर्च कम्तीमा २० पाउण्ड पर्ने गर्छ । तर यहाँ त साढे ३ पाउण्डमा उस्तैखाले कामको लिने गरेकाले यहाँ जनावरप्रेमीहरुको भीड लाग्न थालेको बताइएको छ ।

भित्र आफ्नो प्रिय जनावरमाथि के के प्रयोग भइरहेको छ भन्ने प्रत्यक्ष देख्न सकिने भएकाले पनि यो लोकप्रिय हुन थालेको हो । एउटा जनावरलाई सफा गर्न कम्तीमा ३३ मिनेट लाग्ने गर्छ । जसमा कुकुर वा बिरालालाई स्याम्पु लगाइदिने, हल्का नुहाइदिने र नुहाएपछि पानी सुकाइदिने काम हुन्छ । पानी शुद्ध हुने र यसको प्रयोगले घरपालुवाहरुलाई कुनै रोगब्याधि नलाग्ने दाबी सुपरमार्केटको छ ।

यो वासिङ मेसिनका निर्माताले त यसभित्र मान्छेले समेत नुहाउन मिल्ने भन्दै उनले धेरै मान्छेका अघिल्तिर उदाहरण देखाउने गरेका छन् । उनले सुपरमार्केटमा आउनेहरुलाई देखाउन कैयौँ पटक नुहाउने गरेका छन्, ताकि घरपालुवा जनावरधनीहरु तिनलाई सफा गर्न यहीँ आइपुगून्      NEPALIISRAEL.NET

No comments:

Post a Comment