Saturday, September 17, 2011
Friday, September 16, 2011
पार्टीमा विभाजन आउन सक्छ’
इटहरी, भाद्र २९ -
माओवादी सचिव सीपी गजुरेलले संस्थापन पक्षले आफूहरूविरुद्ध पेलेर जाने रणनीति नछाडे पार्टीमा विभाजन आउन सक्ने चेतावनी बिहीबार दिएका छन् ।
पूर्वका विभिन्न ठाउँमा वैद्य समूहले आयोजना गरेका भेलामा जाँदा संस्थापन पक्षका कार्यकर्ताले नाराबाजी गर्दै अवरोध पुर्याएपछि आक्रोशित गजुरेलले भने, 'संस्थापन पक्षको रबैया पेलेरै लाने भन्ने देखिए फुट्न सक्छ ।'
धरान जाने क्रममा इटहरीमा संस्थापन पक्षका कार्यकर्ताले कालो झन्डा देखाउँदै गजुरेलविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
गजुरेलले प्रधानमन्त्री भएपछि बाबुराम भट्टराईको विचार परिवर्तन हुँदै गएको आरोप पनि लगाए । 'धोबीघाटलगायतका बैठकहरूमा जसरी हामीबीच सहमति र सहकार्य गर्ने कुरा भएका थिए,' उनले भने 'ठीक त्यसविपरीत प्रधानमन्त्रीको रबैया देखिएको छ ।'
सुनसरी तरहरामा बिहीबार सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, 'भट्टराईका विचार र काम गराई देखेर हामी छक्क परेका छौं, उनमा पूर्वविचार एवं अडान क्रमशः परिवर्तन हुँदै गएको छ ।'
गजुरेलकै शब्दमा प्रधानमन्त्री भट्टराई माओवादीबाट पठाइएका तर काम भने अरू कसैका लागि गरिरहेका त छैनन् भन्ने प्रश्न उठ्न थालेको छ । आफ्नो समूहकै सहयोगमा प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले भने, 'जसले सहयोग गर्यो उसैले उठाएका सकारात्मक र पार्टी हितका कार्यविपरीत भट्टराई अघि बढ्न थाल्नुभएको छ ।'
जग्गा फिर्ताको विरोध
बुटवल- कब्जा सम्पत्ति
फिर्ता गर्न सरकारले जारी गरेको निर्देशनप्रति प्रधानमन्त्री सम्बद्ध पार्टीकै नेता-कार्यकर्ताले विरोध थालेका छन् ।
माओवादी निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद चापागाईंले सरकारले बल नै प्रयोग गरे पनि माओवादीले कब्जा गरेर भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको जग्गा कुनै पनि हालतमा फिर्ता हुन नदिने बताए ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भूमिहीन किसान र सुकुम्बासीहरूले कब्जा गरेको जग्गा कुनै हालतमा फिर्ता हुन नदिने दाबी गरे । 'उच्चस्तरीय भूमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु साटो क्रान्तिकारी पार्टी माओवादीकै प्रधानमन्त्रीले गरिब किसानलाई हटाउने कुरा गर्नु लाजमर्दो हो,' उनले भने, 'त्यस्ता दादागिरी देखाएर किसान डराउँदैनन् ।

उपाध्यक्ष चापागाईंले
माओवादीले बाँडेको जग्गामा आश्रति सुकुम्बासी र गरिब किसानहरूलाई हटाउन थाले जस्तोसुकै आन्दोलन गर्ने चेतावनी पनि दिए । महासंघका अनुसार देशभरका करिब ३० हजार हेक्टर माओवादीले कब्जा गरी भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको छ ।
उदयपुरमा पनि विरोध
प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाकार देवेन्द्र पौडेलले 'किसानको सम्पत्ति खोस्ने धम्की दिएको' भन्दै माओवादी उदयपुरले आपत्ति प्रकट गरेको छ ।
माओवादी जिल्ला सहइन्चार्ज अनिलले बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलको भनाईलाई चुनौती दिँदै जमिन खोस्नेविरुद्ध कडा प्रतिरोध गरिने जनाएका छन् ।
'गणतन्त्र स्थापनासम्म आइपुग्दा हरिबोल गजुरेल नेतृत्वको वैज्ञानिक भूमिसुधार प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा किसानको सम्पत्ति खोस्न प्रहरी प्रशासन लगाउने सरकारका सल्लाकारको जनविरोधी, किसानविरोधी भनाइको घोर भत्र्सना गर्दछौं' विज्ञप्तिमा छ । 'उदयपुर जिल्लामा तत्काल भूमिसुधार गरी भूमिहीन र गरिब किसानको अधिकार सुरक्षित गर्न हाम्रो पार्टी आह्वान गर्दछ ।'
KANTIPURNEWS.COM
Thursday, September 15, 2011
पाङ्गता भएकी बालिकालाई खोलाले बगायो
आश गुरुङ,
लमजुङ, भदौ २५ गते । दक्षिणपश्चिमी लमजुङको भोर्लेटारस्थितर् इशानेश्वर उच्च माध्यमिक विद्यालय जाने क्रममा खोलाले बगाएर एक अपांगता भएकी स्कूले बालिकाको मृत्यू भएको छ ।
इशानेश्वर गाउँ विकास समिति वडा-१ घर भई मुख नबोल्ने र कान समेत नसुन्ने समस्या रहेकी १४ बषिर्या विना कुमारी गुरुङको आज आईतबार विद्यालय जाँदै गर्दा मिदिम खोला तर्ने क्रममा बगाएको हो ।
कक्षा ७ को अपाङ्गता भएका वालवालिकाले पढ्ने विशेष कक्षामा अध्ययनरत गुरुङको शवलाई दिउँसो प्रहरीसम्मिलित स्थानीयवासिन्दाले मिदिम र मादी दोभान नजिकैको माछाको कोर्कोवाट निकालेका थिए ।
मृतक विनाका एक जुम्ल्याह बहिनी र एक दिदी दुवै शारीरिक अपांगता भएका ब्यक्ति हुन् । बाबुको यस अघिनै मृत्यु भएको र आमा समेत रोगी भएकाले उनीहरु आर्थिक समस्यामा पर्दे आएको स्थानीयवासिन्दाले वताएकाछन् ।
घर र विद्यालयको बीचभागमा मिदिम खोला रहेपनि गाउँ नजिकै पुल नभएको कारण जोखिमपर्ूण्ा रुपमा खोला तरेर उनीहरु विद्यालय आउने गरेका छन् । मिदिम खोलामा तल्लो भागमा पूल भएपनि घुमेर आउँदा साढे १ घण्टा लाग्ने भएकाले विद्यार्थीहरु सिधै खोला तरेर विद्यालय जानेआउने गर्दै आएकाछन् । इलाम जंग बाट साभार

Wednesday, September 14, 2011
यूएईमा एकै दिनमा दुई नेपालीको मृत्यु
[2011-09-14]
[2011-09-14]
ए1न्यूज यूएई उमाकान्त पाण्डे
संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा गत चार दिन अघि बाट बेपत्ता भएका एक नेपाली युवाको मृत् शब फेला परेको छ । गत ३ वर्ष अघि यूएई आएका पन्थीटोला - ७ पाली, अर्घाखाँची का शुशिल पन्थी यूएईको दुबइमा मृत् अवस्थामा भेटिएका हुन ।
दुबइको करामास्थित भारतीय नागरिकको एक घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएका पन्थी गएको चार दिन अघिबाट सम्पर्क विहिन थिए ।
खोज्दै जाँदा उनको शब उनी कार्यरत घरकै अपार्टमेन्टका लागि राखिएको पानी ट्याकींमा भेटिएको थियो ।
करीब ३४ वर्षिय पन्थी थाइराइटका बिरामी थिए, उनि कहिले काहीं आफुलाई भुत लागेको भन्दै बस्ने, रुने, भुईमै सुत्ने गर्ने गर्थे । ४ दिन अघिबाट बेपत्ता भएका उनको सम्बन्धमा बुझ्न खोज्दा मृतकको शबलाई दुबइ पुलिसले पोस्ट्मार्टमका लागि लगेको र बेपत्ता भए पछी पुलिस प्रशासनदेखि घरपरिवार सम्म खबर गरिएको र अन्तत: घरकै पानी ट्याकींमा त्यो पनि मृत अवस्थामा देख्दा नराम्रो लागेको मृतक नेपालीका भारतीय मालिकले प्रतिकृया दिए ।
मृतका भाई कमल पन्थी पनि यूएईकै आबुधाबीमा कार्यरत छन, हाल दसैंको अवसर पारेर उनी
नेपाल बिदामा गएका छन । दसैं मनाउने तयारीमा रहेका घरपरिवार यतिबेला शोकमा डुबेका छन । २ बच्चाका बाबु समेत रहेका मृतक पन्थीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी अहिले सम्म पोस्टमार्टमको रिपोर्ट भने आइसकेको छैन ।
गाउमा एउटै ताग्लो भएर हिंड्ने गर्थ्यो , केयौ पटक दुबइमा पनि भेट भएको थियो, संसारनै छोडेर गयो भन्दा चिन्ता लागेको छ : उनका छिमेकी गगांराज भट्टराईले प्रतिकृया दिए ।
यसैबिच यूएईमै अर्का एक नेपालीले आत्महत्या गरेका छन । अर्घाखाँचीका शुशिल पन्थीको मृत्युको खवर र उनको असामयिक निधनको पिंडामा झरेका आशु हरु ओभाउन नपाउदै यूएईकै रसअलखेमामा अर्का एक नेपालीले आत्महत्या गरेको समाचार प्राप्त भएको छ ।
म्याग्दी बेनी घर भई हाल यूएईमा कार्यरत महेन्द्र श्रेष्ठ नामक एक नेपाली युवाले गत मगंलबार दिउसो करिव ११ बजे कोठामा रहेको पखांमा झुन्डिएर आत्महत्या गरेका हुन ।
नेपालमा रहेकी आफ्नी प्रेमिकाले धोका दिएकोले गएको केही दिन यता समुन्द्रमा हाम फाली आत्महत्या गर्छु भन्दै पागल प्रेमीको व्यबहार देखाइरहेका उनलाई साथीहरुले जेनतेन बचाई राखेका थिए ।
कोठामा सबै सुतेको अवस्थामा अर्को कोठामा रहेको पखांमा उनले झुन्डिएर आत्महत्या गरेको सँगै एउटै रुममा बस्ने म़तकका साथी नेत्र भुजेलले जानकारी गराएका छन ।
रस अलखेमा स्थित एजे सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ४ महिना अघि ३ लाख खर्च गरी यूएई आएका थिए ।

नेपाल इस्रैल नेट बाट साभार
Saturday, September 10, 2011
-होमनाथ कुँवर
हस्तिचौर १, जुकेपानी, दुबइ
गाउँ देखि बुटवल पठाए क्याम्पस् पढ्न बाले हजुर
पहिलो बर्ष राम्रै पढेँ राम्रै पाइला चालेँ हजुर
दोस्रो बर्ष त्यसै बित्यो गर्ल फ्रेन्ड बनाउँदैमा
तेस्रो बर्ष अलि अलि व्हिस्की तान्न थालेँ हजुर
सबले मलाइ पाखे भन्ने नाम त मेरो होमनाथ हेर्नुस्
सहरको फेशन थाहै छ लामो कपाल पालेँ हजुर
दौरा सुरुवाल लगाइ हिड्दा सबै गाउँले भन्न थाले
त्यसैले त जिन्स काटि घुँडा मुनि टालें हजुर
क्याम्पस् पढ्ने पैसा खतम गोरु सिङ्गे बाइक किन्दा
त्यै बाइकमा गर्ल फ्रेन्ड उकालें ओरालेँ हजुर
मनकामना पुगेँ कहिले बुटवल बोर लागी
गर्ल फ्रेन्ड घुमाउदैमा पढ्ने टाइम फालेँ हजुर WWW.GULMI NEWS.COM
Friday, September 9, 2011
बस दुर्घटनामा तीनजनाको मृत्यु, ३५ बढी घाइते
Posted By Admin on Friday, September 9, 2011 | 5:10:00 PM
0 9Email to Friend0Share11
टेकनारायण भट्टराई
पाल्पा सदरमुकाम तानसेनस्थित अप्पुभिलेजमा शुक्रबार दिउसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ३५ जना बढी घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमै मृत्यु हुनेमा गुल्मी तम्घास-८ का अन्दाजी ४० बर्षीय मानव दर्जी र गुल्मी दिगाम-३ घडेरीटोलाकी ७० बर्षीया इन्द्रकला पोखरेल छन्। अस्पतालमा उपचारका लागि लैजादै गर्दा अर्का एकको मृत्यु भएको तर नाम ठेगाना नखुलेको प्रहरीले बताएको छ।काठमाडौंबाट तम्घासका लागि छुटेको लु १ ख ४९५८ नम्बरको बस सडकबाट करिव ५० मिटर तल खसेको थियो। विपरित दिशाबाट आएको बसलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले बताए। घाइतेको तानसेन मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ।
सडकबाट खसेको बस तल चौरमा पुगेर चार पांग्राले टेकेकै अवस्थामा अडिएको थियो। सामान्य घाइते भएकाहरू बसको ढोकाबाटै बाहिरीएका थिए भने धेरैजना बसबाट उछिट्टिएर भीरमा अडिएका थिए। तुरुन्तै स्थानीय र प्रहरी घाइतेको उद्दारमा जुटेका थिए। दुई मिनट टाढाको सरकारी अस्पतालमा एउटै बिरामी गएनन् तर १० मिनट टाढाको मिसन अस्पताल र २० मिनट टाढाको लुम्बिनी मेडिकल कलेजमा बिरामी पुर्याइएको थियो। सरकारी अस्पतालमा ३ जना भन्दा बढीलाई आकस्मिक उपचार गर्न उपकरण अभावले हम्मे पर्ने अस्पतालकै( गुल्मी नयूज.कम )डण्डिफोरको उपचार
[2011-08-27]

विशेष गरेर युवायुवतीलाई आफ्नो अनुहार तथा छालामा आउने डण्डिफोरले चिन्तित तुल्याउँछ । यसबाट व्यक्तिको सौर्न्दर्यमा नै असर पुग्ने भएकाले पनि डण्डिफोर चिन्ताको कारण बन्छ ।
डण्डिफोर छालामा आउने एक प्रकारको रातो बिबिरा हो । यो युवावस्थामा प्रारम्भ हुने गर्छ । डण्डिफोर भर्खरका युवा र तन्नेरीहरूका अनुहार, छाती, ढाड र धेरै कम अवस्थामा घ्रि्रो तथा माथिल्लो पाखुराका छालामा देखा पर्दछ । डण्डिफोरको सम्बन्ध शारीरिक र मनोवैज्ञानिक परिवर्तनका साथै व्यक्तिको शारीरिक स्वरूपको विकाससँग हुन्छ । डण्डिफोरको विकास व्यक्तिको सामाजिक अवस्थाबाट हुने विरक्ती र नैराश्यतामा पनि भर पर्छ । डण्डिफोरको उपचार राम्रोसँग भएन भने नराम्ररी दाग बस्छ ।
डण्डिफोरलाई चलाउने, कोटयाउने, निर्चोने गर्दा दाग बस्नुका साथै लामो समयसम्म समस्या भइरहने भएकाले यसो गर्नुहुँदैन । तैलीय पदार्थहरूको सर्म्पर्क सकेसम्म गर्नुहुँदैन र विशेष गरी रासायनिक पदार्थ पेट्रोलको सर्म्पर्कबाट टाढा रहनुपर्छ । |
केशको सानो थैली -हेयर फोलिकल) छालाको सबै भागमा भए तापनि हत्केला र पैतालामा हुँदैन । डण्डिफोर केशको सानो थैलीबाट छालाको तहहरूलाई छेडेर छालाको छ्रि्रबाट बाहिर निस्केको हुन्छ । छालाको सतहनजिक तेलग्रन्थि (सिविसियस ग्ल्यान्ड) हुन्छ । यसबाट तैलीय पदार्थ एकनासको दरमा खन्याउने कार्य भइरहन्छ । यो चिल्लो पदार्थ (सेवम) को काम छालालाई चिल्लो बनाएर सुक्खा हुनबाट बचाउनु हो । अनुहार, छाती, ढाडपछाडिका छालामा धेरै संख्यामा सिविसियस ग्रन्थि भएको कारणले यी भागहरूमा बढी डण्डिफोर आउने गर्छ ।
छालामा हुने यो समस्या तैलीय पदार्थ र छालाका कोषहरू छालाका छ्रि्रमा अल्भिmएर सुरु हुन्छ । कसै-कसैले डण्डिफोरलाई अंग्रेजीमा ब्ल्याक हेड, ब्लेमिसेस Þवाइट हेड, पिम्पल्स वा जिट्स भन्छन् । केही रातो दाग वा डण्डिफोर भएमा साधारण प्रकारको हो भने कडा रूपको डण्डिफोरचाहिँ मुखभरि छोपिने गरी, घ्रि्रो, छाती र ढाडमा -पछाडि भागमा) आउने गर्छ । अझ कहिलेकाहीँ ठूलो, कडा प्रकारको रातो दुख्ने गाँठाको रूपमा देखा पर्छ ।
धेरैजसो युवावस्थाका व्यक्तिहरूमा साधारण खालका डण्डिफोर हुन्छन्, जुन १९-२० वर्षउमेरबाट पार गरेपछि आफैं कम भएर जान्छ । तर धेरै युवतीहरूमा डण्डिफोर महिनावारी सुरु हुन लाग्दा हुने गर्छ ।
छालामा दर्ुइ प्रकारको डण्डिफोर देखा पर्ने गर्छ- एक ज्वलनरहित र अर्को ज्वलन सहित । ज्वलनसहितका डण्डिफोर ठूलो, गहिरिएर सुन्निने र छुँदा दुख्ने डल्लाजस्ता हुन्छन् ।
डण्डिफोर हुनमा धेरै तत्त्वहरूले भूमिका खेलेको हुन्छ । प्रारम्भिक रूपमा केशको सानो थैलीमा अस्वाभाविक रूपमा कोषहरूको विकास हुन्छ, जसले गर्दा त्यहाँ ठुटोे वा बुजो ९एगिन० जस्तो बन्छ । केशको सानो थैलीमा भएको यो बुजोले केश, छालाका कोषहरू र तैलीय पदार्थ -सेवम) को स्वाभाविक गतिमा अवरोध पुर्याउँछ । यसको कारण त्यो भाग बढेर जान्छ र केशको सानो थैली फुट्छ । फुटेको केशको सानो थैलीको तैलीय पदार्थ र छरिएका टुक्राटाक्री छालाभित्र पोखिन्छ र सुन्निई रातो भएर जान्छ ।
प्रोपिवनी ब्याक्टेरियम भन्ने ब्याक्टेरिया साधारणतया केशको सानो थैलीमा बस्छ र डण्डिफोर उत्पादन गर्न भूमिका खेल्छ । यो ब्याक्टेरियाले उत्पादन गर्ने पदार्थको कारणबाट छाला रातो र सुन्निने हुन्छ । यो ब्याक्टेरियाले एक प्रकारको इन्जाइम -तत्त्व) बनाउँछ । छालाको तेल ग्रन्थिको सेवम तत्त्व गालेर झिँझयाउने पदार्थ उत्पादन गरी छालामा सुन्निने -ज्वलन) अवस्था झन् खराब हुन्छ ।
केही हर्मोनले गर्दा पनि डण्डिफोर आउँछ । एड्रोजेन पुरुष हर्मोन हो, जुन पुरुष र स्त्री दुवैमा हुन्छ तर पुरुषमा बढी हुन्छ । एड्रोजेनले छालाको सिविसियस ग्रन्थिलाई ठूलो बनाउँछ र ग्रन्थिबाट सेवम -तेल) को उत्पादन हुन्छ । यसरी बढेको सेवमले केशको सानो थैलीमा बुजो वा ठुटो बनाउँछ । यसरी बुजो बनेपछि ब्याक्टेरियाहरू आकषिर्त भएर संक्रमण हुन्छ र छालामा डण्डिफोरको समस्या भएर आउँछ ।
महिलाहरूमा हुने इस्ट्रोजेन हर्मोनले पनि उनीहरूमा डण्डिफोर हुन मद्दत गर्छ । प्रत्येक महिना हुने महिनावारीमा इस्ट्रोजेनको मात्रामा परिवर्तन हुन्छ । यसले गर्दा महिनावारी नहुँदा डण्डिफोर कम र हुँदा झन् बढ्ने गर्छ । आजकाल डण्डिफोर जीनको कारणबाट वंशमा चल्ने भनिए तापनि यसबारेमा यकिन पत्ता लागिसकेको छैन ।
डण्डिफोर भएका व्यक्तिहरूले यस्तो अवस्थामा विभिन्न कुरामा विचार पुर्याउने तथा सावधानी अपनाउनुपर्ने हुन्छ ।
डण्डिफोर भएको अवस्थामा सफा पानीले मात्र धुनर्ुपर्छ । साबुन वा अरू कुनै पदार्थहरूको प्रयोग गर्दा घोटिने वा घस्रने गरी गर्नुहुँदैन । यसो गर्दा झन् खराब हुन सक्छ ।
गाईको दूधको प्रयोगबाट पनि डण्डिफोर बढ्ने गरेको पाइन्छ । त्यसकारण डण्डिफोरले सताएका बेला गाईको दूधको सेवन कम गर्नु वा नगर्नु उचित हुन्छ ।
डण्डिफोरलाई चलाउने, कोटयाउने, निर्चोने गर्दा दाग बस्नुका साथै लामो समयसम्म समस्या भइरहने भएकाले यसो गर्नुहुँदैन ।
कसै-कसैलाई पसिना बढी आउँछ । यसले पनि समस्या बढाउँछ । तर्सथ पसिना आएपछि राम्ररी पखाल्नर्ुपर्छ । तर याद गर्नुपर्ने कुरा के भने शरीर तातिएको अवस्थामा तुरुन्तै पसिना आयो भनेर नुहाउने वा पखाल्ने गर्दा चिसो लाग्ने वा रुघा लाग्ने समस्या बिस्तारै-बिस्तारै स्थापित हुन्छ ।
यदि केश चिल्लो छ भने धुने गर्नुपर्छ र अनुहार छोपिने गरी लामो केश पाल्नुहुँदैन ।
चिल्लो पदार्थको बढी प्रयोग गर्नुहुँदैन ।
खेलकुद वा व्यायाम गर्दा नरम सुती कपडाको प्रयोग गर्नुपर्छ ।
तैलीय पदार्थहरूको सर्म्पर्क सकेसम्म गर्नुहुँदैन र विशेष गरी रासायनिक पदार्थ पेट्रोलको सर्म्पर्कबाट टाढा रहनर्ुपर्छ ।
घामबाट टाढा रहनु वा बच्नर्ुपर्छ ।
मुख्यतया छाला घस्रिने वा घोटिने कार्य जस्तै- फुटबल खेल्ने खेलाडीले प्रयोग गर्ने कुमको प्याड, भ्वाइलिन बजाउँदा कुम र चिउँडोमा हुन सक्ने घस्रण, केटीहरूले प्रयोग गर्ने ब्रा, हेयर ब्यान्ड, घाँटीमा कस्सिने स्वीटर आदि कस्सिएर रहने वस्तुहरूमा निकै विचार पुर्याउनर्ुपर्छ । यस्ता कस्सिएका वस्तुहरूको प्रयोगले डण्डिफोर झन् खराब भएर जान सक्छ ।
बढी मानसिक तनावले पनि समस्या बढाउने हुँदा तनावबाट मुक्त हुने प्रयास गर्नुपर्छ ।
कुनै-कुनै औषधिको कारणहरूबाट पनि समस्या बढाउने भएकाले चिकित्सकको सल्लाहविना औषधि जथाभावी प्रयोग गर्नुहुँदैन ।
चिल्लोयुक्त वस्तुहरू जस्तै- लिपस्टिक, कोल्ड क्रिम वा अरू पदार्थहरू प्रयोग गर्नुहुँदैन ।
डण्डिफोरजस्ता समस्याको होमियोप्याथिक उपचारले पनि निकै राम्रो फाइदा हुन्छ । तर यो समस्या निको पार्ने भनेर धेरै औषधि मिसाएर बनाइएका होमियोप्याथिक क्रिम वा मलहमहरूको प्रयोग गर्नुहुँदैन । किनभने होमियोप्याथिक सिद्धान्तअनुसार शरीरको भित्री समस्याबाट उब्जेको घाउ वा खटिरा वा बिबिराको लागि क्रिम वा मलहमहरूको प्रयोग गरिंदैन ।
डण्डिफोरले विशेष गरी सौर्न्दर्यमा असर गर्ने भएको हुँदा होमियोप्याथिक उपचार गर्दा पनि सिद्धान्तअनुसार नै गर्नुपर्ने हुन्छ । उपचारको बेला केवल एक पटकमा एउटा पदार्थबाट बनाइएको औषधि निर्देश -प्रेसक्राइब) गर्ने होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिनु नै उत्तम र बुद्धिमानी हुन्छ । तर धेरैजसो डण्डिफोर निको पार्ने भनेर गरिएका विज्ञापन वा ग्यारेन्टीका साथ निको पार्छर्ुुनी खोलिएका पसलका पसलेको बहकाइमा नभुलीकन सम्बन्धित चिकित्सकलाई देखाएर वा सल्लाह लिएर उपचार गर्नु राम्रो हुन्छ नेपाली इसरैल नेट वाट
Tuesday, September 6, 2011
मुसाले जहाज रोक्यो
मुसाले जहाज रोक्यो
काठमाडौ, भाद्र १९ -
विमानमा यात्रु चढ्छन् । तर सोमबार बिहान त्रिभुवन विमानस्थलमा बैंकक उड्न ठिक्क परेको नेपाल वायुसेवा निगमको विमानमा मुसो पनि चढ्यो । 'क्याबिन क्रु' ले विमानमा राखिएको 'ड्राई क्याटरिङ बक्स' जाँच गर्दा मुसो मात्र होइन, त्यसको गुँड नै फेला पर्यो । 'लौ न, कसरी यस्तो भो ?', जहाजका क्याप्टेन युवराज भट्टराई झस्किएनन् मात्र, उनले तत्काल निर्णय लिए, 'जे पनि हुन सक्छ ! अब उडान क्यान्सिल !'
हेर्दाहेर्दै फुत्त भागेको मुसा विमानको कुन कुनातिर छिर्यो, जति खोजे पनि फेला परेन । निगमका कर्मचारी असिनपसिन भए तर राति अबेरसम्म पनि विमानभित्र मुसा फेला पार्न सकिएको छैन ।
चिया, कफी, फलफूल, पाउडर दूध, बियर राखिने 'ड्राई क्याटरिङ बक्स' मा गुँडसहित मुसा पाइएपछि बिहान ९ बजेको उडान रद्द गरियो । नेपाली विमान कम्पनीको जहाजभित्र मुसा देखिएको यो पहिलो घटना हो ।
व्यवस्थापकीय कमजोरीकै कारण यसअघि जहाजको उपकरण हराउने, नक्कली नियुक्ति लिएका कर्मचारी ह्यांगरसम्म पुग्नेलगायत घटना हुँदै आएका छन् । जहाजभित्र मुसा हुनु सुरक्षा हिसाबले 'खतरापूर्ण' भएको विज्ञहरूले बताए । जहाजका कुनै एउटा मात्र तार काटिए उडानमा समस्या आउन सक्छ र त्यसले दुर्घटना निम्तिन सक्छ ।
मुसाको फोहोर खानेकुरामा परे यात्रुलाई 'फुड प्वाइजिनिङ' हुन सक्छ । चालकको स्वास्थ्य तत्काल बिगि्रएमा पनि उडानमा गडबडी हुने सम्भावना रहन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आईकाओ) ले यस्ता कुरालाई ध्यानमा राखी मापदण्डसमेत बनाएको छ । 'तर यस घटनाले निगमले मापदण्ड पूरा गरेको देखिएन,' एक जानकारले भने, 'स्टोर र बक्स नियमित जाँच र सफा नगरिएकाले मुसा आएको हुन सक्छ ।'
अन्य खाना 'एलएफजी क्याटरिङ' ले जहाजमा पुर्याउने भए पनि चिया, कफीलगायत भने निगमकै क्याटरिङ विभागले तयार गर्छ । 'यसअघि यस्तो भएको थिएन,' निगम प्रवक्ता राजु केसीले भने, 'गल्तीले यस्तो भयो ।' बोर्डिङ प्रक्रियाअघि क्याटरिङले खानेकुरासहितको 'बक्स' लोड गरेपछि 'क्याबिन क्रु' ले त्यहाँ राखिएको सामान जाँच गर्ने क्रममा मुसा देखिएको थियो ।
नियमअनुसार मुसा फेला नपारी उडान गर्न मिल्दैन । मुसा मार्न नमिल्ने भएकाले पासोमा पार्नुपर्छ । त्यस्तै जहाज उडिरहेको समयमा मुसा देखिए तत्काल नजिकको विमानस्थलमा अवतरण गर्नुपर्ने पनि आईकाओको नियम छ ।
निगमका कार्यकारी अध्यक्ष मनरूप शाही, प्रवक्ता केसीसहितको टोली जाँचका लागि विमानस्थल पुगेका थिए । शाहीले भने, 'जाँचपछि क्याटरिङ विभागलाई तत्काल सेवा सुधार गर्न निर्देशन दिइएको छ ।' उडान रद्द भएपछि निगममा १ सय ३३ यात्रुलाई थाई एयरवेजबाट बैंकक पठाइएको क्याप्टेन भट्टराईले बताए ।
प्रकाशित मिति: २०६८ भाद्र २० ०८:३३ कान्तिपुर समाचार बाट |

Saturday, September 3, 2011
सुडान र लाउडा खानुभन्दा खसी खानु राम्रो

सबैभन्दा पहिले त म आज तपाईंसँग एउटा राजनीतिकर्मीका रूपमा होइन, कृषि व्यवसायीका रूपमा कुरा गर्न खोज्दैछु, तपाईंलाई यसरी छुट ्याउन मिल्छ
मिल्दैन, मूलतः म राजनीतिकर्मी नै हुँ। यद्यपि कृषि मेरो जीवन गुजारा गर्ने मेलो बन्न थालेको छ।
कृषि व्यवसाय गर्दा राजनीतिकर्मीको परिचय बिस्तारै ओझेलमा पर्छ भन्ने मान्नुहुन्न
मान्दिनँ। राजनीति व्यापार होइन, जसलाई कमाउने थलो बनाइयोस्। जागिर पनि होइन, यसबाटै आफ्नो र परिवारको भरणपोषण होस्। राजनीति शुद्ध समाजसेवा हो। राजनीतिमा जोसँग नैतिकता रहन्छ, त्यसले मात्र उद्देश्य प्राप्त गर्न सक्छ। म मेरो कृषि व्यवसायले राजनीतिलाई असर पार्छ भन्न्ो मान्दिनँ। बरु यसले मलाई राजनीतिमा लाग्ने खर्च प्रदान गर्छ। मलाई अघि बढ्न मद्दत पुर्याउँछ।
कृषि पेसाभित्रको तपाईंको अन्तर्निहित उद्देश्य के हो
हाम्रा सबै प्रमुख दलका सबैजसो नेतालाई ध्यान दिएर हेर्नुहोस्। उनीहरूको जीवनशैली उच्च छ या त उच्च्ा मध्यमवर्गीय, तर उनीहरूको मुख्य पेसा के हो ? यो जीवनशैली उनीहरूले कसरी प्राप्त गरिरहेका छन् ? कसैले पनि स्पष्ट भन्न सक्दैनन्। मेरा तीनवटा अन्तर्निहित उद्देश्य छन्, राजनीति गर्नेहरूको निजी जीवन हुँदैन, ती नेताहरू जसको आम्दानीको स्पष्ट बाटो देखिँदैन, यसको अर्थ उनीहरू माटो खाएर बाँचेका छैनन्। दोस्रो हामीले लामो समयदेखि, -जो ठूलो नेता हुन खोजेको छ वा भएको छ) कृषिको व्यवसायीकरणको कुरा गर्यौं, तर काम गरेनौं। म कुरिलो खेती गरेर, मासु बेचेर सार्वजनिक दबाब दिन चाहन्छु। तेस्रो, म र मजस्ता युवा -जसले पढ्ने, लेख्ने राम्रो अवसर पाए, सहर वा सुविधाजनक स्थानमा बसे) ले जहिले पनि जागिर खाने सोच बनायौं। हामी आफैं पनि कहिलै रोजगारदाता बन्न सक्छौं भन्ने सोचेनौं। किनभने हाम्रो शिक्षाले हामीलाई त्यस्तो क्षमताको विकास गर्न सिकाएन। म त्यस्ता युवाहरूलाई हामी रोजगारदाता हुन सक्छौं भन्ने देखाउन चाहन्छु।
कतिपय मानिसले गगनले प्रचारमा आउन यस्तो काम गर्यो भनिरहेका छन्, त्यो सत्य पनि हो, होइन र
हाम्रो समाज हिप्पोक्र्याट छ। ऊ के भन्छ भने राजनीतिकर्मी सफा हुनुपर्छ तर गगन थापाले मासुपसल गरेर के नाटक गरेको पनि भन्छ। कुनै सुदूर गाउँमा बाटो पुग्यो भने बाटोसँगसँगै कोकोकोला र बियर पुग्छ। जुन बाटोबाट वियर र कोकोकोला पुग्यो, त्यो बाटोबाट गाउँका मीठा अन्नबाली ल्याउन सकिन्छ भन्ने सोच्दैन। हामी कस्ता छौं भने कुनै स्थानमा दिउँसो लाख लगानी गछौर्ं र राति सुत्छौं। अनि बिहान उठ्दा करोडपति भएर उठ्न चाहन्छौं। रातभरि काम गरेर करोडपति हुन्छु भन्ने सोच्नु ठीक होला,
तर रातभरि सुत्ने अनि लाख लगानी गरेको भरमा करोडपति हुने सोच्ने ? यस्तै व्यक्तिले गगनले प्रचारमा आउन यस्तो काम गर्यो भन्छन्।
खसी नै बेच्नुपर्ने बाध्यता के थियो
सुडान र लाउडा बेच्नुभन्दा खसी बेच्नु राम्रो होइन र ?
होइन, कृषि ठूलो क्षेत्र हो, मासुपसल नै रोज्नुको कारण के हो
काठमाडौंमा जति पनि खसी बेचिन्छ, त्यसको ८० प्रतिशत भारतबाट आयात हुँदो रहेछ। जुन दिन यो तथ्याङ्क मैले हात पारें, मलाई लाग्यो, नेपाली किसानको हित गर्न पनि मैले मासु पसल खोल्नैपर्छ। यो वर्ष काठमाडौंभरि १० वटा सुविधासम्पन्न मासु पसल खोल्दैछु, ती सबैमा ने पाली खसीको मासु पाइन्छ। यसका लागि देशभरि राम्रो मूल्य दिएर खसी किन्न थालेको छु। यसपालि भनेजति खसी पाउन गाह्रो होला रे, तर किन्ने ग्यारेन्टी दिएपछि हरेक किसानले मलाई खसी दिन थाल्छन्। यसले भारतबाट कर नतिरी ल्याइएका खसी आउन बन्द हुन्छन्। यो ठूलो कुरा हो।
तपाईंले आफ्नो उद्योगको नाम सुनखानी एकीकृत कृषि केन्द्र राख्नुभएको रहेछ, के कृषि व्यवसाय सुनखानी हो भन्ने संकेत गर्न खोज्नुभएको हो
काठमाडौंको सुनखानी जहाँ हाम्रो कुरिलो खेती चलिरहेको छ, त्यसको नामबाट यो नाम जुराइएको हो, तर वास्तविकताचाहिँ के हो भने ने पालका लागि कृषि भनेको सुनखानी नै हो। यत्ति हो, हामीले उक्त सुन निकाल्न जानेका छैनौं।
अहिले जताततै विदेशबाट फर्किएर खेती गर्ने चलन बढेको छ, त्यस्ता समाचार पनि प्रशस्तै प्रकाशन हुन थालेका छन्। यसबाट हौसिएर धेरै को लगानी पनि डुबिरहेको छ, कतै हामी कृषिलाई नचाहिँदो तरिकाले बढाइ-चढाइ त गरिरहेका छैनौं
छैनौं । माछा, मासु, फल-फूल, तरकारी, अन्न र दूध। कति फराकिलो क्षेत्र छ गन्न भ्याइँदैन। किनभने हरेक क्षेत्रमा पनि फरक-फरक जातका कुरा छन्। सबैभन्दा तीतो कुरा हामीले धेरै जसो कुरा भारत र केही चीनबाट मगाइरहेका छौं। आन्तरिक खपत मात्र गर्न सकियो भने सम्भावना कति छ कति। अनि हामीले भन्यौं, हाम्रा दुई विशाल छिमेकीको आर्थिक उन्नतिबाट ठूलो फाइदा लिन सक्छौं, तर काम भने कहिल्लै गरेनौं। कृषि नै हो, त्यो फाइदा लिने क्षेत्र। तपाईं कुनै पनि बालीलाई व्यवसायिक रूपमा गर्नुभयो भने करोडौं रुपैंयाको निर्यात गर्न सक्नुहुन्छ। सरकारले अदुवा, अलंैची, चिया, कफीजस्ता १९ वस्तुलाई सजिलै विदेश निर्यात गर्न सकिने सूचीमा राखेको छ। जे समाचार आएका छन्, ती ठीक छन्, हौसला दिने खालका छन्। बरु सरकारले के गरेको छ ? केही गर्छु भनेर एउटा युवा गयो भने उसले पाउने सुविधा न्यून छन्। त्यतातिरचाहिँ ध्यान दिनुपर्छ। केहीको रकम डुबेको होला, तर फाइदा लिनेहरूलाई हेरेर नयाँ काम गर्नुपर्छ। काठमाडौंका ३० प्रतिशत मानिस अग्र्यानिक तरकारी वा फलफूल खान चाहन्छन्, तर ३ प्रतिशतले मात्र त्यो किन्न पाएका छन्। बाँकी जनतालाई लक्ष्य बनाएर खै अर्गानिक खे ति गरिएको ?
यसो भए सबै युवा कृषि मै होमिनुपर्छ भन्न खोज्नुभएको हो
होइन, जो परम्परागत खेती गर्छन्, उनीहरूले अर्को क्षेत्रमा जानुपर्छ। जसले खेतीलाई व्यवसायीकरण गर्न सक्छ उसले कृषिमा हात हाल्नुपर्छ। कतिपय कृषिजन्य कुरालाई सहकारीकरण गर्न सकिन्छ, तर अहिलेको जस्तो कार्यकर्ता पोस्ने सहकारी होइन। अमूल दूध ३५ लाख सदस्य भएको सहकारी हो, जसले भारतमा मात्र होइन, विश्वभरि नै आफ्नो दूध बेच्छ। नेदरल्यान्ड विश्वको सबैभन्दा ठूलो फूल निर्यातकर्ता हो, जसका उत्पादक सहकारी नै हुन्। त्यस्तै उद्योगपतिहरू पनि यो क्षेत्रमा राम्रो नियतले आउनुपर्छ। सहकारीलाई सरकारले नै भ्रष्ट बनाएको छ, त्यसलाई रोक्नुपर्छ। कुनै व्यक्तिले कृषिमार्फत रोजगारी प्रदान गर्छ भने त्यसको सम्मान गर्नुपर्छ। यसो हुन सक्यो भने नेपालमा कृषिको ठूलो
सम्भावना छ।
कृषि मन्त्रालय न कुनै पार्टीको रोजाइमा पर्छ, न त राम्रो भिजन भएको नेताको। भोलि कसैले कृषि मन्त्री बन्ने अफर गरे के गर्नुहुन्छ
जान्छु र राम्रो सुधार ल्याउँछु। देश बनाउन ठूला काम गर्नुपर्दैन, सानातिना सुधार नै पर्याप्त हुन्छ। यद्यपि नेपालमा रासायनिक मलको कारखाना, धानको अनुसन्धानजस्ता कुरामा पनि सरकारले काम गर्नुपर्छ।
जसरी तपाईंले कृषिमा लाग्ने युवाहरूलाई भेटिरहनुभएको छ, त्यसको केही उद्देश्य छ ?
म कृषिमा आधुनिकीकरण गर्ने, व्यावसायिक सोच राख्ने युवाहरूको एउटा फोरम निर्माण गर्न चाहन्छु, तर त्यो गैरराजनीतिक हुनेछ। कृषि मेरो राजनीतिक जीवन चलाउने पेसा हो, तर यो राजनीतिको बाटो होइन। मैले धेरै माथि जानु छ। यद्यपि म जे काम गरिरहेको छु, त्यसका सबै कुरा जानेर अघि बढ्न चाहन्छु। यसले मेरो सिकाइ अझ सशक्त हुनेछ।
कान्तिपुर डेली
Subscribe to:
Posts (Atom)