Wednesday, November 2, 2011


जोखिमपूर्ण सडक: गुल्मीको व्यस्त सडक रिडी रुद्रवेणी वामीटक्सर खण्डको साँघुरेमा सडक मुनिबाट एक वर्ष अगाडी गएको पहिरो हेर्दै जिविस र राजनीतिक दलका प्रतिनिधिहरु । दैनिक १ सय भन्दा बढी सवारीसाधनहरु ओहोरदोहोर गर्ने सडकको मुनिबाट भत्केको वाल निर्माणको लागि पहल नहुंदा सवारी चालक र यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । सडकको तलपट्टि कालीगण्डकीको सबैभन्दा साँघुरो र गहिरो क्षेत्र छ । तस्विर ः घनश्याम गौतम gulmi news .com copyed

Friday, September 16, 2011


पार्टीमा विभाजन आउन सक्छ’

    कान्तिपुर संवाददाता




    इटहरी, भाद्र २९ -
    माओवादी सचिव सीपी गजुरेलले संस्थापन पक्षले आफूहरूविरुद्ध पेलेर जाने रणनीति नछाडे पार्टीमा विभाजन आउन सक्ने चेतावनी बिहीबार दिएका छन् ।

    पूर्वका विभिन्न ठाउँमा वैद्य समूहले आयोजना गरेका भेलामा जाँदा संस्थापन पक्षका कार्यकर्ताले नाराबाजी गर्दै अवरोध पुर्‍याएपछि आक्रोशित गजुरेलले भने, 'संस्थापन पक्षको रबैया पेलेरै लाने भन्ने देखिए फुट्न सक्छ ।'

    धरान जाने क्रममा इटहरीमा संस्थापन पक्षका कार्यकर्ताले कालो झन्डा देखाउँदै गजुरेलविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

    गजुरेलले प्रधानमन्त्री भएपछि बाबुराम भट्टराईको विचार परिवर्तन हुँदै गएको आरोप पनि लगाए । 'धोबीघाटलगायतका बैठकहरूमा जसरी हामीबीच सहमति र सहकार्य गर्ने कुरा भएका थिए,' उनले भने 'ठीक त्यसविपरीत प्रधानमन्त्रीको रबैया देखिएको छ ।'

    सुनसरी तरहरामा बिहीबार सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, 'भट्टराईका विचार र काम गराई देखेर हामी छक्क परेका छौं, उनमा पूर्वविचार एवं अडान क्रमशः परिवर्तन हुँदै गएको छ ।'

    गजुरेलकै शब्दमा प्रधानमन्त्री भट्टराई माओवादीबाट पठाइएका तर काम भने अरू कसैका लागि गरिरहेका त छैनन् भन्ने प्रश्न उठ्न थालेको छ । आफ्नो समूहकै सहयोगमा प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले भने, 'जसले सहयोग गर्‍यो उसैले उठाएका सकारात्मक र पार्टी हितका कार्यविपरीत भट्टराई अघि बढ्न थाल्नुभएको छ ।'

    जग्गा फिर्ताको विरोध 

    बुटवल- कब्जा सम्पत्ति

    फिर्ता गर्न सरकारले जारी गरेको निर्देशनप्रति प्रधानमन्त्री सम्बद्ध पार्टीकै नेता-कार्यकर्ताले विरोध थालेका छन् ।

    माओवादी निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष ठाकुरप्रसाद चापागाईंले सरकारले बल नै प्रयोग गरे पनि माओवादीले कब्जा गरेर भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको जग्गा कुनै पनि हालतमा फिर्ता हुन नदिने बताए ।

    बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भूमिहीन किसान र सुकुम्बासीहरूले कब्जा गरेको जग्गा कुनै हालतमा फिर्ता हुन नदिने दाबी गरे । 'उच्चस्तरीय भूमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु साटो क्रान्तिकारी पार्टी माओवादीकै प्रधानमन्त्रीले गरिब किसानलाई हटाउने कुरा गर्नु लाजमर्दो हो,' उनले भने, 'त्यस्ता दादागिरी देखाएर किसान डराउँदैनन् ।


    उपाध्यक्ष चापागाईंले

    माओवादीले बाँडेको जग्गामा आश्रति सुकुम्बासी र गरिब किसानहरूलाई हटाउन थाले जस्तोसुकै आन्दोलन गर्ने चेतावनी पनि दिए । महासंघका अनुसार देशभरका करिब ३० हजार हेक्टर माओवादीले कब्जा गरी भूमिहीन किसान र सुकुम्बासीलाई बाँडेको छ ।

    उदयपुरमा पनि विरोध

    प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाकार देवेन्द्र पौडेलले 'किसानको सम्पत्ति खोस्ने धम्की दिएको' भन्दै माओवादी उदयपुरले आपत्ति प्रकट गरेको छ ।

    माओवादी जिल्ला सहइन्चार्ज अनिलले बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलको भनाईलाई चुनौती दिँदै जमिन खोस्नेविरुद्ध कडा प्रतिरोध गरिने जनाएका छन् ।

    'गणतन्त्र स्थापनासम्म आइपुग्दा हरिबोल गजुरेल नेतृत्वको वैज्ञानिक भूमिसुधार प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा किसानको सम्पत्ति खोस्न प्रहरी प्रशासन लगाउने सरकारका सल्लाकारको जनविरोधी, किसानविरोधी भनाइको घोर भत्र्सना गर्दछौं' विज्ञप्तिमा छ । 'उदयपुर जिल्लामा तत्काल भूमिसुधार गरी भूमिहीन र गरिब किसानको अधिकार सुरक्षित गर्न हाम्रो पार्टी आह्वान गर्दछ ।'
    KANTIPURNEWS.COM

    Thursday, September 15, 2011


    पाङ्गता भएकी बालिकालाई खोलाले बगायो

    आश गुरुङ,
    लमजुङ, भदौ २५ गते । दक्षिणपश्चिमी लमजुङको भोर्लेटारस्थितर् इशानेश्वर उच्च माध्यमिक विद्यालय जाने क्रममा खोलाले बगाएर एक अपांगता भएकी स्कूले बालिकाको मृत्यू भएको छ । 

    इशानेश्वर गाउँ विकास समिति वडा-१ घर भई मुख नबोल्ने र कान समेत नसुन्ने समस्या रहेकी १४ बषिर्या विना कुमारी गुरुङको आज आईतबार विद्यालय जाँदै गर्दा मिदिम खोला तर्ने क्रममा बगाएको हो । 

    कक्षा ७ को अपाङ्गता भएका वालवालिकाले पढ्ने विशेष कक्षामा अध्ययनरत गुरुङको शवलाई दिउँसो प्रहरीसम्मिलित स्थानीयवासिन्दाले मिदिम र मादी दोभान नजिकैको माछाको कोर्कोवाट निकालेका थिए । 

    मृतक विनाका एक जुम्ल्याह बहिनी र एक दिदी दुवै शारीरिक अपांगता भएका ब्यक्ति हुन् । बाबुको यस अघिनै मृत्यु भएको र आमा समेत रोगी भएकाले उनीहरु आर्थिक समस्यामा पर्दे आएको स्थानीयवासिन्दाले वताएकाछन् । 
    घर र विद्यालयको बीचभागमा मिदिम खोला रहेपनि गाउँ नजिकै पुल नभएको कारण जोखिमपर्ूण्ा रुपमा खोला तरेर उनीहरु विद्यालय आउने गरेका छन् । मिदिम खोलामा तल्लो भागमा पूल भएपनि घुमेर आउँदा साढे १ घण्टा लाग्ने भएकाले विद्यार्थीहरु सिधै खोला तरेर विद्यालय जानेआउने गर्दै आएकाछन् । इलाम जंग बाट साभार 

    Wednesday, September 14, 2011


    यूएईमा एकै दिनमा दुई नेपालीको मृत्‍यु
       [2011-09-14]
    ए1न्यूज यूएई उमाकान्त पाण्डे

    संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा गत चार दिन अघि बाट बेपत्ता भएका एक नेपाली युवाको मृत् शब फेला परेको छ । गत ३ वर्ष अघि यूएई आएका पन्थीटोला - ७ पाली, अर्घाखाँची का शुशिल पन्थी यूएईको दुबइमा मृत् अवस्थामा भेटिएका हुन ।
    दुबइको करामास्थित भारतीय नागरिकको एक घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएका पन्थी गएको चार दिन अघिबाट सम्पर्क विहिन थिए ।
    खोज्दै जाँदा उनको शब उनी कार्यरत घरकै अपार्टमेन्टका लागि राखिएको पानी ट्याकींमा भेटिएको थियो ।
    करीब ३४ वर्षिय पन्थी थाइराइटका बिरामी थिए, उनि कहिले काहीं आफुलाई भुत लागेको भन्दै बस्ने, रुने, भुईमै सुत्ने गर्ने गर्थे । ४ दिन अघिबाट बेपत्ता भएका उनको सम्बन्धमा बुझ्न खोज्दा मृतकको शबलाई दुबइ पुलिसले पोस्ट्मार्टमका लागि लगेको र बेपत्ता भए पछी पुलिस प्रशासनदेखि घरपरिवार सम्म खबर गरिएको र अन्तत: घरकै पानी ट्याकींमा त्यो पनि मृत अवस्थामा देख्दा नराम्रो लागेको मृतक नेपालीका भारतीय मालिकले प्रतिकृया दिए ।
    मृतका भाई कमल पन्थी पनि यूएईकै आबुधाबीमा कार्यरत छन, हाल दसैंको अवसर पारेर उनी
    नेपाल बिदामा गएका छन । दसैं मनाउने तयारीमा रहेका घरपरिवार यतिबेला शोकमा डुबेका छन । २ बच्चाका बाबु समेत रहेका मृतक पन्थीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी अहिले सम्म पोस्टमार्टमको रिपोर्ट भने आइसकेको छैन ।
    गाउमा एउटै ताग्लो भएर हिंड्ने गर्थ्यो , केयौ पटक दुबइमा पनि भेट भएको थियो, संसारनै छोडेर गयो भन्दा चिन्ता लागेको छ : उनका छिमेकी गगांराज भट्टराईले प्रतिकृया दिए ।

    यसैबिच यूएईमै अर्का एक नेपालीले आत्महत्या गरेका छन । अर्घाखाँचीका शुशिल पन्थीको मृत्युको खवर र उनको असामयिक निधनको पिंडामा झरेका आशु हरु ओभाउन नपाउदै यूएईकै रसअलखेमामा अर्का एक नेपालीले आत्महत्या गरेको समाचार प्राप्त भएको छ ।
    म्याग्दी बेनी घर भई हाल यूएईमा कार्यरत महेन्द्र श्रेष्ठ नामक एक नेपाली युवाले गत मगंलबार दिउसो करिव ११ बजे कोठामा रहेको पखांमा झुन्डिएर आत्महत्या गरेका हुन ।
    नेपालमा रहेकी आफ्नी प्रेमिकाले धोका दिएकोले गएको केही दिन यता समुन्द्रमा हाम फाली आत्महत्या गर्छु भन्दै पागल प्रेमीको व्यबहार देखाइरहेका उनलाई साथीहरुले जेनतेन बचाई राखेका थिए ।
    कोठामा सबै सुतेको अवस्थामा अर्को कोठामा रहेको पखांमा उनले झुन्डिएर आत्महत्या गरेको सँगै एउटै रुममा बस्ने म़तकका साथी नेत्र भुजेलले जानकारी गराएका छन ।
    रस अलखेमा स्थित एजे सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ४ महिना अघि ३ लाख खर्च गरी यूएई आएका थिए । 
    नेपाल इस्रैल नेट बाट साभार 

    Saturday, September 10, 2011


    -होमनाथ कुँवर 
    हस्तिचौर १, जुकेपानी, दुबइ

    गाउँ देखि बुटवल पठाए क्याम्पस् पढ्न बाले हजुर
    पहिलो बर्ष राम्रै पढेँ राम्रै पाइला चालेँ हजुर

    दोस्रो बर्ष त्यसै बित्यो गर्ल फ्रेन्ड बनाउँदैमा
    तेस्रो बर्ष अलि अलि व्हिस्की तान्न थालेँ हजुर

    सबले मलाइ पाखे भन्ने नाम त मेरो होमनाथ  हेर्नुस्
    सहरको फेशन थाहै छ लामो कपाल पालेँ हजुर

    दौरा सुरुवाल लगाइ हिड्दा सबै गाउँले भन्न थाले
    त्यसैले त जिन्स काटि घुँडा मुनि टालें हजुर

    क्याम्पस् पढ्ने पैसा खतम गोरु सिङ्गे बाइक किन्दा
    त्यै बाइकमा गर्ल फ्रेन्ड उकालें ओरालेँ हजुर

    मनकामना पुगेँ कहिले बुटवल बोर लागी
    गर्ल फ्रेन्ड घुमाउदैमा पढ्ने टाइम फालेँ हजुर WWW.GULMI NEWS.COM

    Friday, September 9, 2011

    बस दुर्घटनामा तीनजनाको मृत्यु, ३५ बढी घाइते

    Posted By Admin on Friday, September 9, 2011 | 5:10:00 PM

     0 90Share11
    टेकनारायण भट्टराई
    पाल्पा सदरमुकाम तानसेनस्थित अप्पुभिलेजमा शुक्रबार दिउसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ३५ जना बढी घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
    घटनास्थलमै मृत्यु हुनेमा गुल्मी तम्घास-८ का अन्दाजी ४० बर्षीय मानव दर्जी र गुल्मी दिगाम-३ घडेरीटोलाकी ७० बर्षीया इन्द्रकला पोखरेल छन्। अस्पतालमा उपचारका लागि लैजादै गर्दा अर्का एकको मृत्यु भएको तर नाम ठेगाना नखुलेको प्रहरीले बताएको छ।
    काठमाडौंबाट तम्घासका लागि छुटेको लु १ ख ४९५८ नम्बरको बस सडकबाट करिव ५० मिटर तल खसेको थियो। विपरित दिशाबाट आएको बसलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले बताए। घाइतेको तानसेन मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ।
    सडकबाट खसेको बस तल चौरमा पुगेर चार पांग्राले टेकेकै अवस्थामा अडिएको थियो। सामान्य घाइते भएकाहरू बसको ढोकाबाटै बाहिरीएका थिए भने धेरैजना बसबाट उछिट्टिएर भीरमा अडिएका थिए। तुरुन्तै स्थानीय र प्रहरी घाइतेको उद्दारमा जुटेका थिए। दुई मिनट टाढाको सरकारी अस्पतालमा एउटै बिरामी गएनन् तर १० मिनट टाढाको मिसन अस्पताल र २० मिनट टाढाको लुम्बिनी मेडिकल कलेजमा बिरामी पुर्‍याइएको थियो। सरकारी अस्पतालमा ३ जना भन्दा बढीलाई आकस्मिक उपचार गर्न उपकरण अभावले हम्मे पर्ने अस्पतालकै( गुल्मी नयूज.कम )