बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित

भट्टराईलाई प्रतिपक्ष र पार्टीबाटै चुनौती आउन सक्ने आशंका गरिन्छ
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएका छन्।
दोश्रो ठूलो दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडैललाई पराजित गर्दै उनी प्रधानमन्त्री बनेका हुन्।
भट्टराईलाई प्रधानमन्त्री बनाउन तराई केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन निर्णायक रह्यो।
शान्ति र संविधानलाई पूर्णता दिने दुई मुख्य जिम्मेवारीप्रति प्रतिवद्ध भइ लाग्ने छु
बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री
गठबन्धन बनाउन ती दुबै पक्षबीच चार बुँदे सहमति भएको थियो।
लक्ष्य
मतदानको नतीजा घोषणा गर्दै सभामुख सुवास नेम्वाङले भने, "संविधानसभाको कायम संख्याको बहुमत प्राप्त गरेकाले माननीय बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्दछु।"
गणतन्त्र स्थापना भएको तीन वर्ष यताका भट्टराई चौथो प्रधानमन्त्री हुन्।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिकृया दिँदै उनले भने, "शान्ति र संविधानलाई पूर्णता दिने दुई मुख्य जिम्मेवारीप्रति प्रतिबद्ध भइ लाग्ने छु।"

पौडेलले चुनावलाई मैत्रीपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको रुपमा टिप्पणी गरे
रचनात्मक
प्रतिद्वन्द्वी कांग्रेस नेता रामचन्द्र पौडेलले २३५ भोट पाएका थिए।
उनले चुनावलाई मैत्रिपूर्ण र लोकतान्त्रिक प्रकृयाको रुपमा टिप्पणी गर्दै भट्टराईलाई शुभकामना दिए।
उनले भने, "हामीले शान्ति र संविधानमा सघाउने र संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौं।"
कांग्रेसलाई साथ दिएको एमाले पनि प्रतिपक्षमै रहने छ।
हामीले शान्ति र संविधानमा सघाउने र संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौं
रामचन्द्र पौडेल, प्रधानमन्त्रीका पराजित उम्मेदवार तथा कांग्रेस नेता
उक्त दलका नेता माधवकुमार नेपालले माओवादीले घोषणा गरे अनुसार शान्ति प्रकृया पुरा गर्नेमा अविश्वास रहेको बताउँदै भने, "तै पनि माओवादीलाई हामीले शंकाको लाभ दिएका छौं।"
चुनौती
पार्टीभित्र सधैं अल्पमतमा रहेका भट्टराईले केही गर्छन कि भन्ने धेरैले आशा गरेको पाइन्छ।
बि बि सी नेपाली
No comments:
Post a Comment