मालिङमा भाईरल ज्वरोका कारण विद्यालय बन्द
आश
लमजुङ, भदौ १२ गते । विद्यार्थी र शिक्षकहरु विरामी परेपछि लमजुङको मालिङस्थित शारदा माध्यमिक विद्यालय सोमवारदेखि बन्द भएको छ । विद्यालयका झण्डै २ सय र अधिकांश शिक्षकहरु भाइरल ज्वरो, निमोनिया र झाडापखलाले थलिएपछि ५ दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयमा अध्ययनरत ७५ प्रतिशत विद्यार्थी र अधिकांश शिक्षकमा ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, पखला लाग्ने लगायत समस्या देखिएपछि विद्यालय ब्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ र सरोकारवालाहरुको संयुक्त बैठकले विद्यालय बन्द गर्ने निर्ण्र्ाागरिएको विद्यालयका प्रधानाध्यापक रघुनाथ गुरुङले जानकारी दिए ।
'विरामी परेपछि केही दिनअघि म वेसीशहर झरेँ', प्रधानाध्यपक गुरुङले भने, 'म अहिलेसम्म निको हुन सकेको छैन ।' गाउँमा प्रायः सवै विरामी परेकाले कुनैकुनै घरमा खान पकाउने र पानी भर्ने मानिस समेत नपाएको गुरुङको भनाई छ । खाना पकाउने र पानी भर्ने मान्छे समेत नपाएपछि स्थानीयवासिन्दा थप पीडामा परेकाछन् ।
एक सातादेखि गाउँमा फैलिएको भाइरल ज्वरो लगायतको रोगले गाउँका झण्डै ३ सय जना विरामी परेका स्थानीयवासिन्दाले बताएकाछन् । गाउँमा रहेको उप-स्वास्थ्य चौकीका प्रमुख रीता तिवारी लगायत स्वास्थ्यकर्मी पनि भईरल ज्वरोले थलिएकाछन् ।
उपस्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सोमवार जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङवाट गएका स्वास्थ्यकर्मीको टोली मालिङ पुगेकाछन् । जनस्वास्थ्य निरीक्षक त्रिलोकचन्द्र गुरुङको नेतृत्वमा खटिएका स्वास्थ्यकर्मीको टोलीमा हेल्थ असिस्टेन्ट झलकराज पौडेल र अन्य एकजना सदस्य पनि छन् ।
लमजुङ सदरमुकाम वेसीशहरवाट कपुरगाउँ सम्मको मोटरवाटोसमेत गरि ३ घण्टामा मालिङ पुग्न सकिन्छ । बर्खायामको समय यातायातका साधन नचल्ने भएकाले मालिङ पुग्न ४ घण्टा लाग्छ । सोमवार विहानै हिँडेका स्वास्थ्यकर्मीको टोलीले दिउँसो मालिङको पुगेर विरामीको उचपार गर्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । इलम जंग

No comments:
Post a Comment